२२ पुस २०८१ सोमबार
image/svg+xml
खेल

राष्ट्रव्यापी क्योकुसिन कराँते: देशभरका १४८ खेलाडीको जोसिलो प्रदर्शन

तस्बिर: सुप्रदीप्त न्यौपाने/नागरिक

ललितपुरको गोदावरी नगरपालिका-११ स्थित चापागाउँको बज्रबाराही चौरमा शनिबार २०औँ राष्ट्रव्यापी क्योकुसिन कराँते तथा सातौँ मेयर कप च्याम्पियनसिप प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

दुई दिनसम्म चलेको प्रतियोगितामा ४ महिला र ७ पुरुष इभेन्ट्स गरी ११ इभेन्ट्समा देशभरका खेलाडीले आफ्नो उत्कृष्टता प्रस्तुत गरे।

पुरुष २५ केजी तौल समूहमा आरुस हेमजनले विजयी पदक जित्दा आयुष तामाङ दोस्रो स्थानमा रहे। ३० केजी तौल समूहमा सुशान्त दर्लामी मगरले शीर्ष स्थान कब्जा गर्दा आयुष गोल दोस्रो भए।

यस्तै, ३५ केजी तौल समूहमा अजित तामाङ विजेता बने भने सुशान्त थिङ उपविजेता भए।

पुरुष ४५ केजी तौल समूहमा करण शाहीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे भने सतिन गुरुङ उपविजेता बने।

५० केजी तौलमा विराज पुलामी मगर विजयी हुँदा आकाश थिङ दोस्रो भए। ५५ केजी तौल समूहमा सरोज पाख्रिन विजयी बने भने चन्द्र थिङले उपविजेताको उपाधि पाए।

खुला तौल समूहमा दिनेश बम्जनले शीर्ष स्थान कब्जा गर्दा साहिर श्रेष्ठले उपविजेतामा चित्त बझाए।

महिलाको ३५ केजी तौल समूहमा अरिना थिङले पहिलो स्थान हासिल गरिन् भने मनीषा मगर दोस्रो भइन्। ४० केजी तौल समूहमा आरती थिङ विजयी हुँदा सुनिता स्याङतान उपविजेतामा सीमित भइन्।

महिलाको ५० केजी तौल समूहमा किञ्जल सिल्वालले स्वर्ण पदक जित्दा रेश्मा थापा दोस्रो स्थानमा रहिन्। ५५ केजी तौल समूहमा ज्योति लिङ्बाले शीर्ष स्थान कब्जा गरिन् भने यमुना सिन्जाली उपविजेतामा सीमित भइन्।

प्रतियोगिताका विजेतालाई प्रतिनिधिसभा सदस्य उदय राणा र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनलगायतले ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरे।

प्रतियोगितामा सातवटै प्रदेशबाट १४८ जना खेलाडीको सहभागिता रहेको आइकेएफ नेपालका ब्रान्च चिफ तथा प्रतियोगिताका परिकल्पनाकार जय देशारले जानकारी दिए।

च्याम्पियनसिपले स्थानीय तथा राष्ट्रिय खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन योगदान दिने विश्वास गरिएको छ।

सबै तस्बिर: सुप्रदीप्त न्यौपाने/नागरिक

प्रकाशित: २० पुस २०८१ २३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App