२२ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

जुम्लाबाट नेकपाको उम्मेदवार नरेश भण्डारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जुम्लाबाट नरेश भण्डारीलाई उम्मेदवार तोकेको छ।

शनिबार नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले पार्टीका जुम्ला जिल्ला इन्चार्जसमेत रहेका भण्डारीलाई टिकट दिएका हुन्। भण्डारीले सामाजिक सञ्जालमार्फत पार्टीले आफूलाई उम्मेदवार चयन गरेको जानकारी दिएका छन्।

सुरुमा प्रदेश तथा केन्द्रीय समिति सदस्यहरूको बैठकले पाँच जनाको नाम सिफारिस गरे पनि नेकपाको केन्द्रीय सर्कुलरअनुसार गठित कार्यदलले भण्डारीलाई जुम्लाबाट एकल सिफारिस गरेको थियो।

भण्डारी २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए। २०७४ मा जुम्ला क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भई उनले कर्णाली प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। नीति निर्माण र प्रशासनिक सुधारमा सक्रिय भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको परिकल्पना र स्थापना प्रक्रियामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

प्रकाशित: ३ माघ २०८२ १९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App