१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

बैतडीमा जन्ती बोकेको बस दुर्घटना : ६ जनाको मृत्यु

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

जिल्लाको पुर्चौडी नगरपालिका-७ को भौनीबाट बझाङको सुनकुडातर्फ जाँदै गरेको बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको हो।

सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १११९ नम्बरको उक्त बस बेहुली लिएर फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुका अनुसार दुर्घटनामा परी हालसम्म ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनास्थलबाट करिब ४० जनाको उद्धार गरिएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र घाइतेहरूलाई उपचारका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ माघ २०८२ २१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App