२१ पुस २०८१ आइतबार
image/svg+xml
कर्पोरेट

कोरियाबाट रेमिटान्स पठाउने निराजनले जिते सिटी एक्सप्रेसको बम्पर योजना

सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएको भन्दा १८ गुणा बढी पाउने’ विजेताको नाम घोषणा गरेको छ।

चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितिमा विद्युतीय प्रणालीद्वारा विजेता छनोट गर्दा कोरियाबाट रेमिटान्स पठाउने निराजन ढकालले आफूले पठाएको रकम ४१ हजार ९०९ रुपैयाँको १८ गुणा सात लाख ५४ हजार तीन सय ६२ रुपैयाँ जित्न सफल भए।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ देखि मंसिर ३० गतेसम्म चल्ने गरी  समस्त नेपालीहरूको महान चाड २०८१ सालको दशैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहक वर्गहरूसँग पर्वको खुशी साट्न लगातार ६० दिनसम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौँ गुणा’ उपहार योजना घोषणा गरेको थियो।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्टफोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही पाँच सय रुपैयाँको सिटी पे वालेट टप अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो।

जसअन्तर्गत १६२० जनाले दैनिक उपहारमा पाँच सय रुपैयाँको वालेट टपअप, २४ जनाले साप्ताहिक उपहारमा सामसुङको स्मार्ट टिभी र ६ जनाले मासिक उपहारमा सामसुङको स्मार्ट फोन जित्न सफल भइसकेका छन्।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा चालु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ।

प्रकाशित: १९ पुस २०८१ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App