२१ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेले भन्यो: रावलको अभिव्यक्ति दाहाल र लामिछानेकै गाली गलौचको सिलसिला

नेकपा एमालेले पार्टीबाट निकालिएका पूर्व उपाध्यक्ष भीम रावलले लगाएका आरोपलाई एमालेविरुद्ध भइरहेका गालीकै निरन्तरता रहेको बताएको छ । बिहीबार बसेको एमालेको सचिवालय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले रावलले बुधवार पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिमाथि यस्तो टिप्पणी गरेका हुन् ।

‘भीम रावलजीबारे हामीले छलफल गरेनौँ,’ ज्ञवालीले भने, ‘उहाँले ३१ पृष्ठ लामो लिखित दस्ताबेजमा उल्लेख गरेका कुरा विगतकै गालीगलौजका निरन्तरता हुन् ।’ 

ज्ञवालीले रावलले दिएको अभिव्यक्ति विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको जस्तै एमालेविरुद्धको गाली गलौचको संज्ञा दिए । 

‘२०७७ साल कात्तिकमा तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तै भाषामा प्रधानमन्त्री केपी ओलीबारे १९ पृष्ठसहितको आरोप लगाएका थिए । अहिले भीम रावलले तिनै कुरालाई कपी पेस्टसहितको आरोप लगाएका हाम्रो निष्कर्ष हो’, ज्ञवालीले भने । 

उनले गालीगलौज गरेर देश नबन्ने पनि बताए । ‘एक जमाना थियाे डा. बाबुराम भट्टराई र प्रचण्डहरू देशका अन्य शक्तिलाई यो भन्दा चर्को गाली गर्थे । अहिले पनि रविजीहरू आएर गालीगलौज गरिरहनु भएको छ,’ उनले भने, ‘रावलजीले ३१ पृष्ठमध्ये साढे ३० पृष्ठमा गालीगलौज र बाँकी आधा जतिमा आफ्ना योजना राख्नु भएको रहेछ ।’ 

रावलको अभिव्यक्तिबाट उनीभित्र एमाले विरोधी कति भावना पैदा भएको रहेछ भन्ने पुष्टि भएको पनि ज्ञवालीले बताए । 

प्रकाशित: १८ पुस २०८१ १६:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App