२३ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

यू-१६ युथ लिगः आर्मीविरुद्ध पुलिसको ७ गोल, फ्रेन्ड्ससँग सातदोबाटो स्तब्ध

एन्फा अन्डर १६ युथ लिगको पछिल्लो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लब विजयी भएका छन् ।  

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको आइतबारको दोस्रो खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई शुन्यका विरुद्ध ७ गोलले पराजित गर्यो । पुलिसलाई ४३औं मिनेटसम्म दबाबमा राखेपनि सोपछि भने गोल खान पुगेको थियो । सबिन मगरले गोलकिपर बिट भएको अवस्थामा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।  

पहिलो हाफमा एक गोलमात्र गरेको पुलिसले दोस्रोमा ६ गोल थपेको थियो । दोस्रो हाफमा क्याप्टेन सविन राईले ह्याट्रिक गरे । रिदनराज गौतमले २ गोल गर्दा सबिन मगरले व्यक्तिगत दोस्रो गोल गरे ।  

सोही मैदानमा बिहान भएको खेलमा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्यो । फ्रेन्ड्सको जितमा रिहान बुढा र दिवान थापाले गोल गरे ।   

प्रकाशित: २१ पुस २०८१ १५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App