१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

बाँकेमा बेवारिसे पुरुषको शव फेला

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ जरुवागाउँस्थित काले खोलानजिक बेवारिसे शव फेला परेको छ। स्थानीय बासिन्दाले शुक्रबार (आज) बिहान शव फेला पारेका हुन्।  

ईलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज गोपाल मल्ल्का अनुसार करिब ४०/४५ वर्षको जस्तो देखिने पुरुषको शव रहेको छ। ‘शवको अवस्था हेर्दा चार/पाँच दिनअघि मरेको जस्तो देखिन्छ, शरीरमा कतै त्यस्तो चोट देखिँदैन,’ उनले भने। प्रहरीका अनुसार शव फेला परेको स्थान काले खोला र राप्ती नदीको दोवानमा पर्छ।

स्थानीय बासिन्दाले बिहान खबर गरेपछि ईलाका प्रहरी कार्यालय कुसुमको टोली पुगेर अनुसन्धान गरिरहेको छ। स्थानीय बासिन्दा कोमल ओलीले मृतकको पहिचान गर्न नसकिएको बताए। ‘शव हेर्दा हाम्रो गाउँ, ठाउँको मान्छे जस्तो लाग्दैन,’ उनले भने।

प्रकाशित: २ माघ २०८२ १३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App