आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारी स्वरूप आज नेपाल र अमेरिकाले अभ्यास खेल खेल्दैछन्। अमेरिकाले टस जितेर बलिङ रोजेको छ।
शुक्रवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ। यसअघि पनि नेपाल र अमेरिकाले अभ्यास खेल खेलेका थिए, सो खेलमा नेपालले अमेरिकामाथि ४ विकेटको जित हासिल गरेको थियो।
आइतबारदेखि घरेलु मैदानमा आइसिसी टी-२० महिला विश्वकपको ग्लोबल छनोट खेलहरू हुँदैछन्। जहाँ आयोजक राष्ट्र नेपालसहित कूल १० टोली प्रतिस्पर्धा गर्दैछन्।
प्रकाशित: २ माघ २०८२ १२:५६ शुक्रबार





