२३ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रकोपबाट भएको क्षतिको पुन:निर्माण कार्यले तीव्रता पाउँछ: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षति भएका भौतिक संरचनाको पुन:निर्माण कार्यलाई तीव्रता दिने बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८ औँ बैठकमा गृहमन्त्री लेखकले उक्त विपदबाट भएको क्षतिको मूल्याङ्कन र पुन:निर्माण कार्य तीव्र रूपमा अगाडि बढ्ने बताएका हुन्। 

‘डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपदबाट भएको क्षतिबारे विपद् क्षतिको मूल्याङ्कन (डिडिए)को काम सुरु गर्ने र डिडिए भइसकेको ठाउँमा पुन:र्निमाणको काम अगाडि बढाउने निर्णय भएको छ,’  गृहमन्त्री लेखकले भने। 

विपद् क्षतिको मूल्याङ्कन भइसकेको ठाउँमा पुनर्निमाण गर्नका लागि आवश्यक कानुनी र आर्थिक विषयमा निर्णय भएको गृहमन्त्री लेखकले बताए । ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी मापदण्ड केही समयअघि पारित भइसकेको छ,’ उनले भने, ‘सोही सम्बन्धी कार्यविधि आज हामीले पारित गरेका छौँ । आगामी माग तेस्रो साताबाट जाजरकोटको भूकम्पको विपद् क्षतिको मूल्याङ्कन कार्य सुरु हुनेछ।’

उक्त निर्णय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत गर्ने उनको भनाइ छ। 

प्रकाशित: २१ पुस २०८१ १५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App