२३ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन के गर्ने ? यी हुन् ओलीका आठ बुँदा

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने घोषणा गरेका छन्।

त्यसका लागि मूलत: आठ वटा बुँदामा ध्यान दिन पार्टीका नेता-कार्यकर्ताहरूलाई उनले निर्देशन गरेका छन्। जारी केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीले ती आठ वटा बुँदाहरूबारे छलफल गरेका छन्।

ओलीले उल्लेख गरेका बुँदाहरूमा राष्ट्रिय महाधिवेशनबाट पारित निर्णायक राष्ट्रिय शक्ति निर्माणको योजनालाई एकरूपताका बुझ्ने, बुझाउने र अवलम्बन गर्ने, वार्षिक कार्ययोजनाको कार्यान्वयन गर्ने, पार्टी स्कूलिङलाई स्थायी र थप प्रभावकारी बनाउने छन्।

यस्तै सङ्गठन विभागद्वारा आयोजित कार्याशालाका सुझावहरूको कार्यान्वयन गर्ने,मिथ्या र भ्रामक प्रचारको खण्डन र सकारात्मक प्रचारको अभियान सञ्चालन गर्ने, विकास निर्माण, सुशासन र उद्यमशीलतामा पार्टी पङ्क्तिलाई जोड्ने,वर्तमान सरकार र सत्ता सहकार्यलाई सफल बनाउने र पार्टी विस्तार गर्ने छन्।

ओलीले पार्टीका हरेक नेता-कार्यकर्ताले यसमा ध्यान दिन निर्देशन गरेका छन्। 

यो पनि पढ्नुहोस्

ओलीको प्रतिवेदन- उपनिर्वाचनलाई लिएर माओवादीले भ्रामक प्रचार गर्‍यो (पूर्णपाठ)

प्रकाशित: २१ पुस २०८१ १५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App