२३ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

ओलीको प्रतिवेदन- उपनिर्वाचनलाई लिएर माओवादीले भ्रामक प्रचार गर्‍यो (पूर्णपाठ)

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह उपनिर्वाचनलाई लिएर नेकपा (माओवादी केन्द्र) ले भ्रामक प्रचार गरेको आरोप लगाएका छन्।

जारी केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीले माओवादीका प्रति यस्तो आरोप लगाएका हुन्। 

'उपनिर्वाचन परिणामलाई लिएर माओवादी केन्द्रले एउटा भ्रामक सन्देश सम्प्रेषण गर्ने प्रयास गरिरहेको छ- आफ्नो दल पहिलो भएको र लोकप्रिय मत ह्वात्तै बढेको आदि। माओवादी केन्द्रले ८ बाट बढाएर ११ स्थानमा विजय हासिल गरेको सत्य हो तर, हिजो ६ दलीय गठबन्धनका बेला आफूले उम्मेदवार नै नउठाएको र त्यसै कारण शून्य मत भएको ठाउँमा अहिले प्राप्त भएको मत जोड्दा मात्र उसको मत बढेको देखिएको हो,' ओलीले प्रतिवेदनमा भनेका छन्। 

यस्तै ओलीले एमालेका लागि स्थानीय तह उपनिर्वाचनमा प्राप्त नतिजा अपेक्षित नभएको स्वीकारेका छन्। 'हामीले गरेको अपेक्षाभन्दा यो कम हो। विगतमा जितेका वडामध्ये एउटामा मात्र विजय कायम हुनु (यद्यपि, यो प्रवृत्ति अन्य दलको हकमा पनि उत्तिकै देखिएको छ), कीर्तिपुर जस्तो ठाउँमा अपेक्षित परिणाम हासिल नहुनु र सहरिया जनमतमा अपेक्षित आकर्षण बढ्न नसक्नुलाई हामीले गंभीरतापूर्वक लिनुपर्छ,' उनले भनेका छन्।

प्रकाशित: २१ पुस २०८१ १४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App