२० पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

देशै नरहे के सत्तापक्ष, के प्रतिपक्ष...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सोबिता गौतमले व्यक्ति-केन्द्रित प्रतिशोधको राजनीतिले कहीँ नपुर्‍याउने बताएकी छन्।

मङ्गलबार (आज) बिहान पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईसँगको तस्बिर सार्वजनिक गर्दै उनले यस्तो बताएकी हुन्।

'नेपाली राजनीतिका विविध आयाममा देखिएका समस्याको समाधान केन्द्रित विचार/विमर्शले कहीँ त पुर्‍याउँछ तर, नेपालमा हाल जारी रहेको व्यक्ति केन्द्रित प्रतिशोधको राजनीतिले कहाँ पुर्‍याउला ?,' गौतमले भनेकी छन्।

उनले अगाडि देश बचाउनुपर्ने बताएकी छन्। उनले भनेकी छन्, 'देश बचे पक्ष-विपक्ष, देशै नरहे के सत्तापक्ष, के प्रतिपक्ष !'  

गौतमले मङ्गलबार बिहान पूर्वप्रधानमन्त्री भट्टराईलाई भेटेकी हुन्। भट्टराई रास्वपा सभापति रवि लामिछानेका प्रति सहानुभूति राख्ने नेता हुन्।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्की पुगेरै लामिछानेलाई भेटेका भट्टराईले राज्य प्रतिशोध साँधेको बताएका थिए।

प्रकाशित: १६ पुस २०८१ २०:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App