२० पुस २०८१ शनिबार
image/svg+xml
खेल

मदन भण्डारी गोल्डकप भलिबल: नेपाल प्रहरीको विजयी सुरुवात

मदन भण्डारी स्पोट्स एकेडेमीको आयोजनामा बुटवलमा बुधबार देखि मदन भण्डारी गोल्डकप रनिङशिल्ड इण्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिप सुरु भएको छ।

बुटवल स्थित रामनगर खेल मैदानमा भएको उद्घाटन खेलमा नेपाल प्रहरीले आयोजक मदन भण्डारी स्पोट्स एकेडेमीलाई ३–१ को सेटले जितेको हो। विभागीय टिम नेपाल प्रहरीले आयोजक मदन भण्डारी स्पोट्सलाई पहिलो सेटमा २५–२२,दोस्रोमा २५–२०,तेस्रोमा ३२–३४ र चौथो सेटमा २५–१८ ले पछाडि पार्दै जित निकालेको हो।

भोली (बिहीबार) तीन खेल हुनेछन्। पहिलो खेल त्रिभुवन आर्मी र भारतीय गुजरात स्टेट भलिबल एसोसिएसन बिच हुनेछ। दोस्रो रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मणीमुकुन्द भलिबल क्लब बिच र तेस्रो खेल सशस्त्र प्रहरी बल र गल्कोट भलिबल क्लब बिच हुने आयोजक मदन भण्डारी स्पोट्स एकेडेमीका अध्यक्ष  ध्रुव आर्चायले जानकारी दिए।

प्रतियोगितामा नेपाल र भारतका ८ भलिबल टिम सहभागी हुने आचार्यले बताए प्रतियोगितामा प्रथम पुरस्कार ७ लाख, द्वितीय पुरस्कार ३ लाख ५० हजार, तृतीय पुरस्कार १ लाख ७५ हजार र सान्त्वना हुनेलाई १ लाख नगद सहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई २५ हजार सहित विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई नगद सहित पुरस्कृत गरिने आयोजकले बताएका छन्। प्रतियोगिता पुस २४ गते सम्म चल्नेछ।

प्रतियोगिताको बुधबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आर्चायले उद्घाटन गरे।

मुख्यमन्त्री आर्चायले एमालेका स्वर्गीय नेता मदन भण्डारीको बिचारलाई आत्मसाथ गर्दै स्थापना भएको मदन भण्डारी स्पोट्स एकेडेमी मार्फत खेलाडी र प्रशिक्षक उत्पादन र प्रवर्द्धन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए।

कार्यक्रममा एकेडेमीका संस्थापक अध्यक्ष रमेश शिलवाल, भलिबल संघका उपाध्यक्ष भरत शाह, संविधानसभा सदस्य राधाकृष्ण कंडेल, प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरे लगायतले बोल्दै एकेडेमीले खेलकुदको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए।

सोही अवसर पारेर एकेडेमीले मदन भण्डारी गोल्डकप नेपालको पहिलो एथलेटिक्स प्रशिक्षक मधुशमशेर जबरालाई नगद ५१ हजार सहित सम्मान गरेको छ।

प्रकाशित: १७ पुस २०८१ २०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App