१९ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

झापामा दाहालको उद्घोष- गिरीबन्धुमा भएको बदमासी पर्दाफास गरेरै छाड्छु

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गिरीबन्धु टी-स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्ने बताएका छन्।

सोमबार झापा पुगेका दाहालले यस्तो बताएका हुन्। 'गिरीबन्धु टी-स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्छु,' दाहालले भने, 'म उहाँ (केपी शर्मा ओली) को ठाउँमा आएर यो उद्घोष गरेँ ।'

यस्तै उनले यति-ओम्नीसँगै अरु प्रकरणको पनि पर्दाफास गर्ने बताएका छन्। त्यसका लागि माओवादी केन्द्रलाई शक्तिमा पुर्‍याउन उनले जनतासँग अपिल गरेका छन्। 

'माओवादी केन्द्र फेरि शक्तिमा आउने छ र सुशासन, समृद्धि र आर्थिक विकास राम्रो हुनेछ,' उनले भने, 'त्यसका लागि माओवादी केन्द्रलाई शक्तिमा पुर्‍याउनुपर्‍यो।'

फरक प्रसङ्गमा दाहालले भ्रष्टाचारको संरक्षणका लागि आफू नेतृत्वको सरकार ढालिएको बताए। 'सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्न थालेपछि यो सरकार बन्यो,' उनले भने, 'त्यसमा तपाईंहरू स्पष्ट हुँदा हुन्छ।'

झापा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो। ओली गिरीबन्धु टी-स्टेटमा मुछिएका छन्। दाहालले ओलीको जिल्ला पुगेर यस्तो बताएका हुन्। 

प्रकाशित: १५ पुस २०८१ १५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App