मधेस प्रदेशमा लोसपा संसदीय दलको नेतामा अभिराम शर्मा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेशमा संसदीय दलको नेतामा अभिराम शर्मालाई चयन गरेको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेशमा संसदीय दलको नेतामा अभिराम शर्मालाई चयन गरेको छ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री दाबी पेश गरेका एमालेका लिला गिरिलाई लोसपाले पनि समर्थन गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छिन्।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि एमालेका लीला गिरिले दावी पेश गरेका छन्।
मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपाका सरोज यादव नियुक्त भएका छन्।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता राजकुमार शर्माले आज दाबी गर्ने भएका छन्।
मधेस प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी जसपाका सरोज कुमार यादवले आज प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष दाबी पेस गरिने भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटवार्ता गरेका छन्।
कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय आज सम्म रहेको छ।
दलित महिला सदस्यमाथि जातीय दुव्र्यवहार गरेको आरोप लागेका पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ।
पृथ्वी जयन्तीको अवसरमा आज पुस २७ गते सार्वजनिक बिदा भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छिन्।
नेपालमा जननिर्वाचित प्रतिनिधिसभाको इतिहासमा प्रधानमन्त्रीहरूले १५ पटक ‘विश्वासको मत’ र ‘अविश्वासको प्रस्ताव’ सामना गरेका छन्।
पूर्वसभामुख दमननाथ ढुंगानाले संसदीय शासन व्यवस्थामा बहुमतको सरकार र अल्पमतको संसद् हुने बताउँदै आएका छन्। तर नेपालको संसदीय शासन व्यवस्थामा यो मान्यता स्थापित भएको देखिँदैन।
प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ७० सांसदमध्ये विश्वासको प्रस्तावका पक्षमा २६८ र विपक्षमा दुईजना उभिए । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एक÷एक सिट जितेर स्वतन्त्र हैसियतमा रहेका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रस्तावको विपक्षमा मतदान गरेका थिए । बैठकमा तीन सांसद् अनुपस्थित रहे भने एक निलम्बित छन् ।
प्रदेश १ को दोस्रो प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले नामकरणमा जोड दिएका छन्।
प्रधानमन्त्री दाहालले संसद्मा पाएको अपार समर्थनले गर्व र ठूलो चुनौती थपिएको महसुस गरेको बताए ।
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँग्रेसले विश्वासको मत दिएको बताएका छन्।
प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमको एकल उम्मेदवारी दर्ता भएको छ।
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले अहिलेको परिस्थितिको मूल्यांकन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताएका छन्।
नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस सरकारमा च्याँखे थाप्ने नभइ प्रतिपक्षमा बस्ने बताएका छन्।
सभामुख चयनका लागि माघ ५ गते निर्वाचन हुने भएको छ। प्रतिनिधि सभाका सदस्यले आफू मध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेका छन्। निर्धारित कार्यक्रम अनुसार मंगलबारको प्रतिनिधिसभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गर्ने वा नगर्ने भन्ने विषय सत्तासाझेदार दलहरु भित्रको मात्रै विषय नभएको बताएका छन्।