८ वैशाख २०८१ शनिबार
राजनीति

देशको नेतृत्व गर्ने जिम्मेवारी काँग्रेसलाई दिए संघीयता कार्यान्वयन गरेर देखाउँछौँः नेता सिंह

फाइल तस्बिर।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन्।

आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने भएकाले जिम्मेवारी दललाई देशको नेतृत्व गर्ने अवसर जनताले प्रदान गर्नुपर्ने बताए। उनले निर्वाचनपछि केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्नेकुरा जनताले महशुस हुनेगरी काम गर्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने हो, काँग्रेसले मौका पायो भने संघीयतालाई कार्यान्वयन गरेर देखाउँछौँ‘, उनले भने ‘केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्नेकुरा जनताले महशुस हुनेगरी काम गर्छौं। सुशासनको समस्यालाई हल गर्नेछौँ।’

नेता सिंहले नेपालका शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताए। शिक्षालाई वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर अघि बढाउन जरुरी रहेको उनले बताए। नेता सिंहले १२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रुपमा सबल हुनसक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्ने बताए। आगामी शैक्षिक नीतिमा विद्यार्थीहरुलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान बनाउने कुरा समावेश हुने उनको दाबी छ। उनले नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्न जरुरी रहेको बताए।

प्रकाशित: ९ आश्विन २०७९ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App