२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाल पक्षको मागः सबै खालका एकपक्षीय सांगठनिक गतिविधि रोक्नु पर्ने

नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको सदस्यता नविकरण गर्नेलगायतका सबै खालका सांगठनिक गतिविधि तत्काल रोक्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेको छ।

वरिष्ठ नेता नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बिहीबार र शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले पार्टी एकतामा भाँजो हाल्ने काम हुने निष्कर्ष निकाल्दै एकतर्फी रुपमा पार्टीको सदस्यता नविकरण गर्नेलगायतका सांगठनिक गतिविधि तत्काल रोक्न अध्यक्ष ओलीसँग माग गरेको हो।  

पार्टी एकतालाई भाँजो हाल्ने भएकाले पार्टीको सदस्यता नविकरणलगायतका सबै खालको सांगठनिक गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराइएको नेता रघुजी पन्तले जानकारी दिए। बैठकले पार्टी एकताका लागि आवश्यक निर्णय लिने जिम्मेवारी आफू पक्षमा स्थायी समितिका नेताहरुलाई दिने निर्णय पनि गरेको छ।  

‘पार्टी एकताका लागि कुराकानी र वार्ता चलिरहेका बेला एक पक्षीय ढंगले सदस्यता नविकरण, अधिवेशन र पुनर्गठन जस्ता काम अघि बढाइनुले एकतालाई भाँजो हाल्ने काम हुन्छ,' नेता पन्तले भने, 'त्यसैले तत्काल सदस्यता नविकरण जस्ता सबै सांगठनिक गतिविधि रोक्न यो बैठक सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गर्दछ।’

प्रकाशित: २२ श्रावण २०७८ १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App