६ वैशाख २०८१ बिहीबार
राजनीति

एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास रद्द

काठमाडौं- गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने सवै सवारी पास रद्द गरेको छ। कोरोना भाइरसका विरामी बढेपछि गृहमन्त्रालयले यस्तो निर्णय गरेको हो। यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई थप कडा बनाउन निर्देशन दिएका थिए। मंगलबार मात्रै ५७ जना कोरोनासंक्रमित भेटिएका छन्। 

उपत्यकाको तीन जिल्लाकोहकमा भने यो नियम लागु नहुने गृहले जनाएको छ। काठमाडौं उपत्यका भन्दा बाहिरका जिल्लाले काठमाडौं उपत्यका प्रवेश गर्नका लागि पास जारी गर्नु पर्ने अत्यास्यक भए गृहमन्त्रालयको स्वीकृतिमा मात्र पास जारी गर्न पाउने छन्।

 

 

प्रकाशित: ३० वैशाख २०७७ १५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App