गृहमन्त्री रमेश लेखकले त्रिभुवन विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदामघरको निरीक्षण गरेका छन्। मन्त्री लेखकले मङ्गलबार (आज) गोदाम घरको निरीक्षण गरेका हुन्।
सरकारले विभिन्न निकायमा रहेको मौज्दात राहत सामग्री तथा निजी क्षेत्रबाट सङ्कलित अत्यावश्यक वस्तुहरू बुधबार नेपाल वायु सेवा निगमको चार्टर विमानबाट सामान म्यानमार पठाउँदैछ।
सोको पूर्वसन्ध्यामा गोदाम घरको निरीक्षणमा निस्किएका मन्त्री लेखकले विपद्का बेला सबैले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए।
सामान चैत्र २७ गते बुधबार राति ११:३० बजे नेपाल वायुसेवा निगमको वाइडबडी जहाज राहत सामग्री चार्टर गरेर म्यानमार जाने कार्यतालिका छ।
प्रकाशित: २६ चैत्र २०८१ १९:२७ मंगलबार