पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन सक्रिय राजनीतिमा फर्किएका छन्। नेकपा माओवादी केन्द्रले उनलाई उपाध्यक्षमा मनोनीत गरेको हो।
पछिल्लो पटक बसेको पदाधिकारी बैठकले पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षमा मनोनीत गरेको जानकारी तल्ला कमिटीहरूलाई परिपत्रमार्फत गरिसकिएको एक नेताले बताए।
‘यही चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकले उहाँलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरेको हो,’ ती नेताले भने। ती नेताका अनुसार उनलाई मनोनीत हुनुभन्दा पहिला नै यसअघि उनलाई उपाध्यक्षमा मनोनीत हुनुभन्दा पहिले नै उत्पादन क्षेत्रमा काम गर्ने गरी जिम्मेवारी दिइएको थियो। उपराष्ट्रपतिको कार्यकाल सकिएको केही समयदेखि पुन माओवादी केन्द्रका बैठकहरूमा आमन्त्रित नेताका रूपमा सहभागी हुँदै आएक थिए।
प्रकाशित: २५ चैत्र २०८१ ०७:२४ सोमबार