१३ वैशाख २०८२ शनिबार
image/svg+xml १८:४० अपराह्न
राजनीति

पूर्वराजालाई ज्योतिष हरिहरको सुझाव: दही खाएर पश्चिम दिशाबाट यात्रा गर्नु

ज्योतिष हरिहर अधिकारीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुभ साइतका लागि दही खाएर पश्चिम दिशाबाट यात्रा गर्न सुझाव दिएका छन्।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले पोखराबाट काठमाडौं आउँदै गरेका शाहलाई शुभ साइतका लागि दही खाएर पश्चिम दिशाबाट यात्रा गर्न सुझाव दिएका हुन्।

ज्योतिष शास्त्र अनुसार हामीले जहिले पनि यात्रा गर्दा वा शुभ कार्य गर्दा चन्द्रमा अगाडि अथवा दायाँ पर्नुपर्ने तर आज चन्द्रमा पछाडि परेको बताउँदै शाहलाई सो सुझाव दिएका हुन्। 

उनी लेख्छन्, 'आज चन्द्रमा मिथुन राशिमा छन्, अर्थात् चन्द्रमा पश्चिम दिशामा छन्, र आज पोखराबाट काठमाडौं आउँदा चन्द्रमा पछाडि पर्छन्। हामीले जहिले पनि यात्रा गर्दा वा शुभ कार्य गर्दा चन्द्रमा अगाडि अथवा दायाँ पर्नुपर्छ। आज चन्द्रमा पछाडि परेर यात्रा गर्न सल्लाह दिने ज्योतिषी पण्डितहरूलाई के भनौँ खै ? शास्त्र र साइत हेरेर कार्य गर्दा मात्र सफलता मिल्छ। त्यसैले सबै जनाले साइत हेर्ने बानी बसालौँ। यात्रा गर्नै परे दही खाएर गर्दा राम्रो।'

पूर्वराजा शाह अपराह्न ३ बजे हवाईमार्ग हुँदै पोखराबाट काठमाडौं आउने कार्यक्रम छ ।

प्रकाशित: २५ फाल्गुन २०८१ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App