१ वैशाख २०८२ सोमबार
image/svg+xml १७:२४ अपराह्न
राजनीति

वर्षमान र जनार्दनलाई अङ्गालेर दाहालले के सन्देश दिए ?

सोमबार बिहान झापा पृथ्वीनगरको सगरमाथा चोकदेखि किच्चक बध, चारआली जाने बाटो हुँदै पुनस् सगरमाथा चोक ‘मर्निङ वाक्’ गरेका नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई अङ्गालेर एक तस्बिर खिचाए। उक्त तस्बिरबारे अहिले अनेकन् टीका-टिप्पणी भइरहेका छन्।

त्यसो त माओवादीमा अध्यक्ष दाहालपछि उपमहासचिवद्वय वर्षमान र जनार्दन नै प्रभावशाली नेता हुन्। पदीय रूपमा उनीहरू उपमहासचिव मात्रै भए पनि पार्टीका अरु पदाधिकारी तथा नेताभन्दा बढी प्रभावशाली छन्। अर्थमन्त्रीसमेत भइसकेका वर्षमान(जनार्दनका बीचमा पार्टीभित्र त्यति मिल्ती नभए पनि त्यति असमझदारी पनि छैन।

तर, भनिन्छ पार्टीभित्र उनीहरूकासशक्त गुट छन्, उनीहरूबीच त्यति मिल्ती नहुनुको यो पनि प्रमुख कारण हो। उसो त उनीहरू विभिन्न सन्दर्भमा गुटगत गतिविधिमा पनि उत्रने गर्छन्। पार्टीको आठौँ महाधिवेशनबाट उनीहरू दुबै पार्टी महासचिवका आकाङ्क्षी थिए। तर, पछि अवस्था यस्तो बन्यो कि उनीहरूले आपसलाई महासचिवका रूपमा स्वीकारेर बस्न सक्ने अवस्था देखिएन। यसपछि अध्यक्ष दाहालले दुबैलाई उपमहासचिव बनाएर एकपटक आफ्नो साथ छाडेर पुनस् पार्टीमा फर्किएका देव गुरुङलाई महासचिव बनाए। जे होस्, उनीहरूबीच पार्टीभित्र अन्तर्सङ्घर्ष देखिन्छ।

तर, पछिल्लो समय उनीहरूबीच कित्ता छुट्टिएको छ। वर्षमान अध्यक्ष दाहालप्रति ‘लोयल’ देखिँदा जनार्दन आक्रामक हुँदै आएका छन्। उनले विभिन्न सन्दर्भमा अध्यक्ष दाहालका प्रति चुनौती खडा गर्दै आएका छन्। सोमबार मात्रै झापाकै कचनकवलमा आयोजित खबरदारी सभामा उनले ‘पार्टी नेतृत्वले लोभ होइन, त्यागको भावना राख्नुपर्छ’ भनेर बोले।

यसअघि पनि उनले थुप्रैपटक अध्यक्ष दाहाललाई नेतृत्व छाड्न चुनौती दिएका हुन्। पार्टीको स्थायी समिति, केन्द्रीय समिति बैठकहरूमै जनार्दनले दाहाललाई अध्यक्षमा युवालाई अगाडि सार्ने बताइरहन्छन्। तर, वर्षमान भने अध्यक्ष दाहालका प्रति आक्रामक छैनन्। बरु उनले थुप्रै सार्वजनिक मञ्चहरूमा दाहालकै नेतृत्वमा माओवादी अगाडि बढ्न सक्ने बताउने गरेका छन्।  

जसै उनी गुटीय रूपमा पनि कमजोर हुँदै गएको चर्चा माओवादी वृत्तमा छ। कुनै बेला शक्तिशाली गुट चलाउने भनिएका उनले अहिले अध्यक्ष दाहाललाई नै समर्थन गर्दै अगाडि बढेको बताइन्छ। उनी निकट नेताहरूले बताएअनुसार वर्षमानले आफूलाईदाहालको ‘उत्तराधिकारी’का रूपमा व्याख्या गर्ने गरेकाछन्।

प्रभावशाली यी दुई नेताहरूले पार्टीको भावी नेतृत्वको रूपमा आफूलाई उभ्याउन खोजिरहेकै देखिन्छन्। तर, उनीहरूको तरिका भने फरक देखिन थालेको छ। वर्षमानले अध्यक्ष दाहाल फकाउने बाटो रोजेको देखिन्छ भने जनार्दनले चुनौतीको बाटो।

अध्यक्ष दाहालले यी दुबै नेतालाई दायाँ बायाँ पारी अङ्गालेर तस्बिर खिचाए। यो तस्बिरलाई लिएर कतिपयले अध्यक्ष दाहालले पार्टी एक छ, पार्टीभित्र अन्तर्सङ्घर्ष छैन, नेताहरूबीच मनमुटाव छैन भनेर देखाउन खोजेको बताउँछन् भने कतिले नकारात्मक टिप्पणीसमेत गरेका छन्।

माओवादी सचिव दीनानाथ शर्मा भने उक्त तस्बिरले त्यस्तो ठूलो अर्थ नराख्ने बताउँछन्। अध्यक्ष दाहाल सरल र सहज मान्छे भएको बताउँदै उनले भने, ‘उहाँहरू ९वर्षमान र जनार्दन० छेउमा आएर उभिनुभयो होला, उहाँले अङ्गालो हाल्नुभयो। उहाँ सहज हुनुहुन्छ। प्रायस् कुराहरू नाइँ भन्नुहुन्न। छेउमा उहाँहरू आएर उभिएपछि अध्यक्षले ओके गर्नुभयो होला।’

अन्तर्सङ्घर्ष छैन भनेर देखाउन खोज्नुभएको हो भन्ने नागरिकको जिज्ञासामा उनले भने, ‘अन्तर्सङ्घर्ष त छैन नै। पहिले थियो, केन्द्रीय समिति बैठकयता छैन। अहिले सबै कुराहरू ठीकठाक छन्।’

राजनीतिक विश्लेषक डम्बर खतिवडा भने माओवादीभित्रको शक्ति सङ्घर्षले छुने र त्यसमा रुचि राख्नेहरूका लागि उक्त तस्बिर बहसको विषय बनेको बताउँछन्। तर, यसले राष्ट्रिय राजनीतिमा भने कुनै अर्थ नराख्ने उनले बताए। ‘जसले माओवादीभित्रको शक्ति सङ्घर्ष हेरिरहेको छ। जसलाई त्यसले छुन्छ र जसले रुचि राख्छ, त्यसका लागि यो तस्बिरले बहस सृजना गर्छ। तर, यसले राष्ट्रिय राजनीतिमा भने कुनै अर्था राख्दैन।’

विश्लेषक खतिवडाका अनुसार अध्यक्ष दाहालले दुबै नेतालाई आफ्नो समर्थन रहेको सङ्केत गरेका हुनसक्छन्। ‘वर्षमान र जनार्दन जनयुद्धको आधार इलाकाका हुन्। उनीहरू मेरा एउटा दायाँ र अर्को बायाँ हात हुन्। दुबैलाई मेरो समर्थन छ। उनीहरू दुबैलाई सँगै लिएर हिँडेको छु भनेर सङ्केत गरेका हुनसक्छन्,’ उनले भने।

प्रकाशित: १२ फाल्गुन २०८१ १९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App