लमजुङमा डुबेर पाँच वर्षीय बालिकाको मृत्यु भएको छ।
जिल्लाको दोर्दी गाउँपालिका-४ नौथरसेरा बस्ने बिष्णु तामाङकी छोरी ५ वर्षीया रश्मी तामाङको घर नजिकै रहेको दोर्दी खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको छ।
नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको प्रदेश अस्पताल लमजुङमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजकिशोर शाहले जानकारी दिए।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १ वैशाख २०८२ १६:१० सोमबार