कलाकार पल शाहले आफ्नो निर्माणमा चलचित्र ‘यानीमाया’ को घोषणा गरेका छन् । नयाँ वर्षको अवसर पारेर आफ्नो लगानीमा बन्ने पहिलो चलचित्रको घोषणा गरेका हुन् ।
पल शाह फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको नाम ‘यानीमाया’ लाई विकास सुवेदीले निर्देशन गर्ने भएका छन् । विकासको पनि ‘यानीमाया’ डेब्यू निर्देशन हो ।
फिल्म फ्यामिली ड्रामा कथामा आधारित रहनेछ । फिल्मको छायाङ्कन असारदेखि सुरु गर्ने तयारी रहेको जानकारी दिँदै निर्देशक सुवेदीले कलाकारहरू फाइनल गर्न बाँकी रहेको बताए ।
नायक एवं निर्माता शाहले फिल्म निर्माणमा पनि दर्शकहरूबाट अपार माया र साथ पाउने विश्वास व्यक्त गरेका छन् ।
प्रकाशित: १ वैशाख २०८२ १६:४४ सोमबार