१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

मध्यपहाडी लोकमार्ग : हरिचोक-याम्दीखण्ड कालोपत्र गरिँदै

फाइल तस्बिर

कास्की निर्माणाधीन राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखराको हरिचोकबाट याम्दी पुलसम्मको चार ‘लेन’ सडक कालोपत्र गर्न सुरु भएको छ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार मङ्गलबार रातिदेखि कसेरीचोकबाट कालोपत्रको काम सुरु भएको हो। ‘अस्फाल्ट प्रविधिबाट सडक कालोपत्र गर्न थालेका छौँ ’, आयोजनाका सूचना अधिकारी किरण सुवेदीले भने। चालु आर्थिक वर्षभित्रमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ। 

‘सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनबाट थपिएको म्यादसमेत अहिले सकिएको छ। सरकारले पुन: म्याद थप गरे सोहीअनुसार हुन्छ। नभए निर्माण कम्पनीसँग जरिवाना लिएर भए पनि सम्पन्न गर्छौँ”, सुवेदीले थपे। निर्माण कम्पनीसँग मूल्य अभिवृद्धि करसहित रु ४८ करोडमा सडक निर्माणको  सम्झौता भएको हो। रासस

प्रकाशित: १० वैशाख २०८२ ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App