तुलसी घिमिरेको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘पहाड’ कार्तिक ७ गते रिलिज हुने भएको छ । यो वर्षकोृ तिहार कार्तिक ६ गते परेको छ ।
युवा जनशक्ति विदेश गएपछि खाली भइरहेको गाउँ, पहाड तथा यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई विषयबस्तु बनाएर पहाड निर्माण भइरहेको हो । भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्रमा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतको अभिनय छ । निर्देशक घिमिरेले पहाडमा सुनिल थापासँग चिनो र मदनकृष्ण श्रेष्ठसँग बलिदानपछि काम गर्न लागेका हुन् ।
यसै चलचित्रबाट नायिकामा डेब्यू गर्न लागेकी पञ्चमी घिमिरे निर्देशक घिमिरेकी कान्छी छोरी हुन् । जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन्। श्रीमती भारती घिमिरे क्रिएटिभ निर्देशक छन्।
गोरखामा ३६ दिन छायाङ्कन भएको चलचित्र पहाडको बाँकी सुटिङ मुम्बईमा हुने तय छ । निर्देशक घिमिरेले सुटिङका लागि करिब १० दिन लाग्ने बताए ।
ओजश्वी केसी निर्माता रहेको चलचित्रमा संगीत रञ्जित गजमेरको रहनेछ । सङगीत, प्रमोद प्रधान छायाङकन रहेको चलचित्रमा रिम्पोछे लामा थिङग र सुरेश लामा थिङग सह निर्माता छन् ।
प्रकाशित: १ वैशाख २०८२ १७:१६ सोमबार