१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

सोमबार बिहान गोरखामा एक युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।

काठमाडौंबाट गोरखा आउँदै गरेको बा ८८प ९७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका भीमसेनथापा गाउँपालिका–६ अश्राङका २४ वर्षीय केशव पाण्डेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सरोज पाण्डेले जानकारी दिए।

गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरास्थित सडकमा पल्टेर मोटरसाइकल दुर्घटना भएको थियो।

मोटरसाइकलको पछाडि सिटमा सवार १८ वर्षीय रवीन पाण्डेको गोरखा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं वीरअस्पतालमा पठाइएको छ।

प्रकाशित: १ वैशाख २०८२ १६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App