१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्य

चार्ली च्याप्लिन मौन चलचित्रका अमर प्रतीक

ब्रिटिश हास्य कलाकार, निर्माता, लेखक, निर्देशक र संगीतकार चार्ली च्याप्लिनको सन् १९७७ डिसेम्बर २५ मा निधन भएको थियो।

विश्व सिनेमा इतिहासका सबैभन्दा प्रभावशाली व्यक्तित्वमध्ये उनी एक मानिन्छ। मौन चलचित्र युगमा जन्मिएको उनको ‘लिटिल ट्र्याम्प’ पात्रले हास्यसँगै मानवीय संवेदनालाई विश्वभर पुर्‍याएको थियो।  

लन्डनमा जन्मिएका च्याप्लिनले कठिन बाल्यकाल पार गर्दै पाँच वर्षकै उमेरमा  रंगमञ्चमा पाइला टेकेका थिए। उनले सानो उमेरमै पेशागत कलाकारको यात्रा सुरु गरेका थिए।  सन् १९०८ मा फ्रेड कार्नोको पेन्टोमाइम समूहमा सामेल भएपछि उनको हास्य प्रतिभा अगाडि बढेको थियो। सन् १९१३ मा अमेरिकाको भ्रमणका क्रममा म्याक सेनेटको किस्टोन कमेडीमा अनुबन्ध भएपछि च्याप्लिनको फिल्म करियरले नयाँ मोड लियो।  

सानो कोट, ठूलो प्यान्ट, फ्लपी जुत्ता, डर्बी टोपी, जुँगा र छडी- उनको पहिचान बनेपछि  विश्वभरका दर्शकको मन जितेका थिए।  च्याप्लिनका फिल्महरूमा उनी वेटर, क्लर्क, फायरम्यान लगाएत सामान्य पात्रका रूपमा देखिए पनि उनका कथाले गरिबी, प्रेम, अन्याय र मानवीय लचिलोपनलाई हास्यमार्फत उजागर गरेको थियो।

प्रकाशित: १० पुस २०८२ ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App