१४ वैशाख २०८२ आइतबार
image/svg+xml ४:२६ पूर्वाह्न
राजनीति

सत्तारुढ दलको बैठकपछि गृहमन्त्रीले भने: अध्यादेश सहमतीमै दुवै सदनबाट स्वीकृत हुन्छन्

सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले सरकारले जारी गरेका अध्यादेश स्वीकृत गर्ने गरी छलफल गरेका छन्। बैठक निष्कर्षमा पुगेर टुङ्गिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए। शनिवार बिहान ११ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकारात्मक रूपमा टुङ्गिएको उनले जानकारी दिए। 

‘नेपाल सरकारले जारी गरेका अध्यादेशहरू सङ्घीय संसदका दुबै सदनमा दर्ता भएका छन्,’ उनले भने, ‘दुवै सदनबाट स्वीकृत गर्नुपर्ने भएकाले त्यसै विषयमा छलफल भयो। सकारात्मक भयो, सकारात्मक रूपले निष्कर्षमा पुगेका छौँ।’ 

अब अध्यादेश स्वीकृत हुने प्रक्रिया अगाडि बढ्ने पनि गृहमन्त्री लेखकले बताए। ‘यसमा सबै राजनीतिक दलहरू सहमत भएका छौँ। चाँडै अगाडि बढ्छ,’ उनले भने। 

अध्यादेश स्वीकृत गर्दा बहुमत पुग्ने गरी छलफल भएको पनि गृहमन्त्री लेखकले दाबी गरे । उनले भने, ‘जसपा नेपाल माननीय उपेन्द्र जी, माननीय राज किशोर यादवसँग पनि फोनमा वार्ता भएको छ। त्यो बाहेकका सरकारमा रहेका सबै राजनीतिक दलका शीर्ष नेता बैठकमा उपस्थित हुनुहुन्थ्यो।’ 

राष्ट्रिय सभाको बैठक फागुन ६ गते बस्ने भएकाले त्यसै दिन अध्यादेश संसद्को कार्यसूचीमा चढ्ने उनले बताए। 

भूमि सम्बन्धी अध्यादेशको विषयमा प्रतिस्थापन विधेयक ल्याउँदा सबैका मुद्दा र भावना समेट्ने गरी छलफल अघि बढेको पनि गृहमन्त्री लेखकले बताए। 

‘यसमा प्रतिस्थापन हुन्छ। सबै अध्यादेशलाई प्रतिस्थापन गर्नै पर्छ। सहमति भएका अध्यादेश अगाडि बढ्छन्,’ उनले भने, ‘भूमि सम्बन्धी अध्यादेशमा छलफल गरेर प्रतिस्थापनमा सबैका धारणा सम्बोधन हुने गरी अगाडि बढ्छ।’ 

प्रकाशित: ३ फाल्गुन २०८१ १४:०५ शनिबार

खुशी 100 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App