१४ वैशाख २०८२ आइतबार
image/svg+xml ३:४९ पूर्वाह्न
राजनीति

नेहा र सत्येन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति गरिनेछ : गृहमन्त्री

क्याप्शन

गृहमन्त्री रमेश लेखकले अन्तरजातीय विवाहका प्रति आफू सतर्क र उद्धार रहेको बताएका छन्।

बिहीबार (आज) बसेको संसद् बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

'गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्ने कुरा सरासर कपोल्कल्पित हो। तत् सम्बन्धमा मैले नेपाल प्रहरीलाई निर्देशन दिएको छु। यद्यपि, यस विषयमा कहीँ पनि त्रुटि भएको देखिए छानबिन र कानुनअनुसार कारबाही हुन्छ,' उनले भने।

अगाडि उनले भने, 'नेहा र सत्येन्द्र उहाँहरूको पूर्ण सुरक्षाको प्रत्याभूति गरिनेछ। उहाँहरूको जीवनमा कुनै प्रतिकूलता पर्न दिइइने छैन। पीडितहरूलाई भएको क्षतितर्फ पनि ध्यान आकृष्ट भएको छ।'

यसअघि आजै बसेको बैठकमा ७ जना सांसदहरूले गृहमन्त्रीबाट जवाफ माग गरेका थिए।

सर्लाहीका सत्येन्द्र चमार र निहा रौनियारले अन्तरजातीय विवाह गरेको तर, उनीहरूलाई गृहमन्त्रीकै निर्देशनमा दु:ख दिइएको भन्ने समाचार बाहिरिएको थियो।

यो पनि पढ्नुहोस्

अन्तरजातीय विवाह गरेका सत्येन्द्र-नेहाको विषय पुग्यो संसद्, गृहमन्त्रीको भूमिकामाथि प्रश्न

प्रकाशित: २४ माघ २०८१ १५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App