४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजदूत अन्सारीले भने: विपिन जोशीको रिहाइका लागि कतारले पहल गरिरहेको छ

गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अल अन्सारीले बिहीबार शिष्टाचार भेटघाट गरेका छन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री लेखक र राजदूत अलान्सारी नेपाल र कतारबिचको गहिरिँदै गएको सम्बन्धका बारेमा चर्चा भएको छ।

भेटमा क्रममा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई विशेष आग्रह गरे।

त्यसका साथै कतारमा रहेका नेपाली कामदारहरूलाई २४ घण्टा नै बिमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीहरूको राहत र उद्धारमा जोड दिँदै उनले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह गरे।

सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतार बिच सहकार्य बढाउनुपर्नेमा समेत मन्त्री लेखकले जोड दिए। 

त्यसैगरी राजदूत अन्सारीले विपिन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए।

कतारको विकासमा नेपालीहरूको सहयोगको प्रशंसा समेत राजदूतले गरेका थिए। 

प्रकाशित: ३१ श्रावण २०८१ १७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App