हमासको कब्जामा रहेका जोशीको रिहाइको पहल गर्न राजदूतलाई पत्र
हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गर्न कतारस्थित नेपाली राजदूतलाई पत्र दिइएको छ।
हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गर्न कतारस्थित नेपाली राजदूतलाई पत्र दिइएको छ।
यथार्थ जानकारी प्राप्त हुन नसकेपनि सरकारले विपिनको रिहाइ र यथार्थ अवस्था पत्ता लगाउन हरसम्भव प्रयास गरिरहेको बताइन्।
नेपाली मूलका बैंकर तथा समाजसेवी प्रवेश रिजालले विपिनको रिहाइका लागि दीप प्रज्वलन गरेका हुन् । उनले सन् २०२३ को अक्टोबरमा इजरायली किबुत्जमा हमासको आक्रमणमा मारिएका १० नेपाली विद्यार्थीको सम्झनामा प्रार्थना पनि गरे ।
सभामुख घिमिरेले अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै विपिनको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन् ।
इजरायलका राष्ट्रपति इज्याक हर्जोगले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि हरसम्भव प्रयास भइरहेको बताएका छन्।
भेटमा राजदूत श्मुलिक आरी बासले नेपाली युवा विपिन जोशीलाई सकुशल छुटाएर नेपाल फर्काउन इजरायलले प्रयास गरिरहेको बताए। उनले जोशीलाई रिहाइ गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिनुपर्ने धारणा राखे।
यस क्रममा नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने अपेक्षा गरिएको छ। जसका लागि नेपाल सरकार र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा लगातार पहल गरिरहेका छन् ।
उपचारका लागि थाइल्यान्डको बैंककमा रहेकी परराष्ट्र मन्त्री देउवाले त्यहीँबाट फोन गरेर इजिप्टका विदेश मन्त्रीसँग फोन वार्ता गरेको सचिवालयले जनाएको छ ।
युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा छ।
युद्धविरामअन्तर्गत हमासले गाजामा बन्धक बनाएका इजरायली नागरिकसहित अन्यलाई रिहा गर्ने छ भने बदलामा इजरायलले हमासका कैदीहरूलाई रिहा गर्ने छ। तर, यो सम्झौता लागू हुन इजरायली मन्त्रिपरिषद्को अनुमोदन आवश्यक छ।
हमास र इजरायलबिच युद्ध विरामको चर्चा भइरहेका बेला परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहलमा तीव्रता दिएकी छन् ।
सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुबै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन पुनः आग्रह गरेको हो ।
गत कात्तिकमा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई पनि भेटेका जोशी परिवारले छोराको रिहाइका लागि आग्रह गरिसकेका छन्। कतारका राजा आमिर तमिमबिन हमाद अल थानी नेपाल भ्रमणमा आउनुअघि पनि विपिनका परिवारले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर रिहाइका लागि पहल गरिदिने आग्रह गरेका थिए।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छिन्।
इजरायलका नव नियुक्त नेपालका राजदूत श्मुलिक एरी बासले हमास लडाकुहरूले नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको बताएका छन्।