जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालिन होटल व्यवसायलाई मापदण्ड भित्र रहेर राति २ बजेसम्म सञ्चालन गर्नपाउने निर्णय गरेको छ ।
होटलको वर्गीकरण गरी मापदण्डभित्र रहेर राति २ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
गत कार्तिक १४ गते प्रशासनले साविक १२ बजेसम्म खुलिरहेका होटल, रेष्टुरेन्ट, गजल रेष्टुरेन्ट, स्पालगायतलाई १० बजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था लागू गरेको थियो । स्थानीय प्रशासनको उक्त निर्णयको मोरङका होटल व्यवसायीले विरोध गरेका थिए ।
उक्त निर्णयसँगै जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालिन होटल व्यवसायका लागि एक महिनाभित्रमा मापदण्ड तयार गर्न सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिले कार्यविधी तयार पारेपछि त्यसमा केहि परिमार्जन गर्दै शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले नयाँ मापदण्ड स्वीकृत गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
प्रकाशित: २७ कार्तिक २०८३ १९:२९ शुक्रबार


-600x400.jpg)


