नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले प्लेअफको सम्भावना कायमै राखेको छ।
शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो। कर्णाली याक्ससँगको आफ्नो अन्तिम खेल बाँकी हुँदा चितवनको ७ अंक भएको छ। कर्णालीसँगको खेलमा जित निकाल्न सके चितवनले प्लेअफमा स्थान बनाउनेछ। जनकपुर ४ अंकमा सीमित भएको छ।
जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। उसको जितमा डेविड मलानले नटआउट ३५ रन र कुशल मल्लले १५ रनको योगदान गरे। कामिल मिश्राले १२ र रवि बोपाराले १३ रन बनाए।
चितवनको सुरुवात पनि राम्रो हुन सकेन। उसले ३७ रन जोड्ला ५ विकेट गुमाएको थियो।
यसअघि पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेको थियो।
जनकपुरका लागि कप्तान हरमित सिंहले २५ रन, विशाल सुस्लिङले १५ रन तथा सन्तोष कार्की र राहुल यादवले नटआउट १० रन बनाए। अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन।
चितवनका लागि रन्जित कुमारले मात्र ३ ओभर बलिङ गर्दै एक मेडनसहित २ रन दिएर ३ विकेट लिए। कमल ऐरी, सिकन्दर राजा र कामिल मिश्राको नाममा २ विकेट लिए । रिजन ढकालको नाममा एक विकेट रह्यो।
प्रकाशित: २७ कार्तिक २०८३ २०:२८ शुक्रबार


-600x400.jpg)


