२७ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
धर्म/संस्कृति

छठ मनाउन सभामुख अर्याल शनिबार पर्सा जाने

फाइल तस्बिर

सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्व मनाउन शनिबार पर्सा जाने भएका छन्।

सभामुख अर्यालले वीरगञ्जस्थित घडिअर्वा पोखरीलगायत विभिन्न छठघाटको अवलोकन तथा दर्शन गर्नुका साथै छठ पूजामा सहभागी हुने कार्यक्रम रहेको छ।

यस क्रममा उनले मकवानपुर, बारा र पर्साका सर्वसाधारण नागरिकसँग भेटघाट तथा अन्तरक्रियासमेत गर्नेछन्।

सभामुख अर्याल गत वर्ष पनि छठ पर्वका अवसरमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रोहिणी र ओमसतिया गाउँपालिकाका विभिन्न छठघाट पुगेका थिए। त्यस अवसरमा उनले छठी मइयाको पूजा–आराधना गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए। साथै, श्रद्धालु भक्तजन तथा स्थानीय नागरिकसँग पर्वको खुसी साटासाट गरेका थिए।

छठ पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव, पारिवारिक एकता र सांस्कृतिक परम्परालाई थप सुदृढ बनाउँदै आएको छ।

प्रकाशित: २७ कार्तिक २०८३ २०:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App