१५ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

सरकारको काम भएका सहमति च्यात्नु बाहेक केही छैन : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको काम भएका सहमतिहरू च्यात्नुबाहेक केही नभएको बताएका छन्।

शनिबार (आज) सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।

'राजावादीहरूको स्यालहुइँया सुनिँदै छ। सरकार कानमा तेल हालेर बसेको छ। सरकारको काम भनेको चाहिँ सहमति भएका सम्झौताहरू च्यात्नु, उनीहरूलाई अपमानित गर्नु र प्रतिक्रियावादीहरूलाई राम्रो वातावरण बनाउनु रहेको छ,' दाहालले भनेका छन्।

यस्तै दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूलाई अपमानित गरेको पनि बताए। आफूकहाँ संवादका लागि आएका शिक्षक प्रतिनिधिहरूलाई 'प्रचण्डले भनेपछि आन्दोलन गर्नुभयो, उसैकहाँ जानुस्' भनेर भनेको उल्लेख गर्दै उनले भने, 'मैले भनेर त शिक्षक साथीहरूले आन्दोलन सुरु गर्नुभएको थिएन। आफ्ना मागहरू अगाडि सारेर आन्दोलन सुरु गर्नुभएको थियो,' उनले भने।

प्रकाशित: १३ वैशाख २०८२ १५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App