२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको छ। बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को मिडिया सेलले सबैभन्दा पहिले फेसबुकमार्फत उनको निधनको जानकारी दिएको हो।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ, ‘बीएनपीकी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ बजे, फज्रको नमाज पढेको केही बेरपछि निधन भयो।’

खालिदा जिया सन् १९९१ देखि १९९६ सम्म र सन् २००१ देखि २००६ सम्म गरी दुई पटक बंगलादेशकी प्रधानमन्त्री रहिन्। उनी पूर्व राष्ट्रपति जियाउर रहमानकी पत्नी थिइन्।

२५ डिसेम्बरमा खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षपछि लन्डनबाट ढाका फर्किएका थिए।  

खालिदा जिया पछिल्ला केही महिनादेखि बिरामी थिइन् र उनको उपचार ढाकास्थित एभरकेयर अस्पतालमा भइरहेको थियो। यसै महिनामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खालिदा जियाको स्वास्थ्यलाभको कामना गर्दै आवश्यक सबै प्रकारको सहयोगको प्रस्ताव गरेका थिए। एजेन्सी

प्रकाशित: १५ पुस २०८२ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App