नेकपा एमालेका नेता गोकुल बास्कोटाले शक्ति केन्द्रले जहिल्यै पनि नयाँ मिसनका लागि नयाँ पात्र खोज्ने गरेको बताएका छन्।
नयाँ भनिएका दलहरूबिचको पछिल्लो सहमतिपछि बास्कोटाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया जनाएका हुन्।
नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र रास्वपा सभापति रवि लामिछानेले पछिल्लो समय अन्य दलसँग गरेका एकताप्रति लक्षित गर्दै बास्कोटाले मालिकले हरेक साल बढी नाफाका लागि नयाँ नोकर खोजे जस्तै भएको बताए।
'मूल जरो खोज्दै जाँदा आजका नयाँ र हिजोका नयाँहरूको कल नसो एउटै नपरोस्। परेछ भने पनि खासै अनौठो यसर्थ हुँदैन कि कथा लेखक उनै हुन -केवल समय, सन्दर्भ र पात्र फरक हुन्,' उनले लखेका छन्, 'शक्ति केन्द्र उस्को नयाँ मिसनका लागि नयाँ पात्र खोज्छ, ठीक त्यसै गरी -जसरी मालिक हरेक साल बढी नाफाका लागि नयाँ नोकर खोज्छ।'
प्रकाशित: १५ पुस २०८२ ०८:५० मंगलबार





