'भारु साट्न भारत सरकारसँग हामी लड्छौं'
सर्वसाधारण रहेका स्रोत खुलेका भारतीय रूपैयाँकाे विषयमा भारतीय सरकारले त्यहाँका जनतालाई जसरी डिल गर्छ त्यसरी नै यहाँका जनताको समस्या सम्बोधन हुन्छ ।
सर्वसाधारण रहेका स्रोत खुलेका भारतीय रूपैयाँकाे विषयमा भारतीय सरकारले त्यहाँका जनतालाई जसरी डिल गर्छ त्यसरी नै यहाँका जनताको समस्या सम्बोधन हुन्छ ।
आफ्नो सरकार गिराउन चलखेल गरेको आरोपमा एमाले नेतृत्वको सरकारद्वारा फिर्ता बोलाइएका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय सरकार परिवर्तनसँगै फेरि भारतकै लागि राजदूत चयन भएका छन्। अब भारतीय नाकाबन्दीलाई बिर्सेर नयाँ शिराबाट सम्बन्ध विकसित गर्नुपर्ने धारणा राख्ने उपाध्यायले पदभार सम्हाल्न जाने तयारी गर्दैगर्दा 'तुष लिएर' मात्र फाइदा नहुने बताए।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ यतिबेला आफ्नो पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्नेहरुले गर्ने काम कारबाही रेखदेख गर्ने भूमिकामा छन्। डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने धोबीघाट जमघटपछि पार्टीमा राम्रो हैसियत राख्ने उनी यतिबेला पनि यसअघि जस्तै नरम बोल्ने नेताको व्यवहारबाट पृथक छन्। मधेसीले उठाइरहेको नागरिकतासम्बन्धी समस्या नै नदेख्ने उनीसँग विविध विषयमा नागरिकका मणि दाहाल र सुरेन्द्र पौडेलले गरेको कुराकानी:
कांग्रेस–माओवादी केन्द्र गठबन्धनमा कामप्रति जति तदारुकता देखिनुपर्ने हो, देखिएको छैन। यसो भन्नुको अर्थ गठबन्धनको औचित्य समाप्त भयो भन्ने होइन तथापि त्यसको निरन्तरताका लागि केही विषयमा आम चासो स्वाभाविक हो।
भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गाेवामा तिब्बतका निर्वासित सरकार प्रमुखसँगै वक्ता भएकाे विषय विवादित बनिरहेकाे बेला उनले अाफू र अाफ्नाे पार्टी नेपाली कांग्रेस एक चीन नीतिप्रति प्रतिबद्धृ रहेकाे बताएका छन्। दिल्लीमा रहेका सभापति देउवासँग नागरिकन्युजका लागि कृष्ण ढुंगानाले गरेकाे छाेटाे इमेल वार्ता:
हामीले विगतका कुरामात्र गरेर समस्याको समाधान निस्कँदैन। समस्याहरु टेबलमा राख्ने र त्यसको यथार्थ विश्लेषणको आधारमा समाधान खोज्ने प्रयास भएको छ।
लोकमानसिंह कार्की हाम्रो गणतन्त्रको जन्मसँगै जेलिएर आएको सालनालको त्यान्द्रो हो । हरेक क्रान्ति जन्मँदा पुरानो राज्य र समाजका खराबी पनि सँगसँगै आउँछन् । जसरी बच्चा जन्मँदा सालनाल, रगतका टाटा बोकेर आउँछ । सालनाल राम्रोसँग काट्ने र बच्चा सफा गर्ने काम सुडेनीको हो । क्रान्तिका लागि सुडेनी भनेको राजनीतिक पार्टी र नेता हुन् ।
भारतीय जनता पार्टीका केन्द्रीय सदस्य शेषाद्री चारी यसअघि पार्टी हेडक्वाटरको वैदेशिक मामिला इकाइ प्रमुख थिए। हाल भारतको विदेश मन्त्रालयअन्तगर्तको स्वायत्त थिंकट्यांक विकासशील देश अनुसन्धान तथा सूचना प्रणाली(आरआईएस)का सदस्य हुन्।
२०५२ सालदेखि २०६२ सम्म चलेको माओवादी सशस्त्र द्वन्द्वका मुद्दाबारे अनुसन्धान गर्न सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरुको छानबीन गर्न बेपत्ता आयोग गठन गरेको छ । सरकार र तत्कालीन सशस्त्र द्वन्द्वरत् पक्षबीच विस्तृत शान्ति सम्झौता भएपछि तत्कालै यस्ता आयोग गठन गर्ने भने पनि त्यसको आठ वर्षपछि मात्र गठन भएको थियो ।
वाणिज्य बैंकले आगामी असार मसान्तभित्र ८ अर्ब, विकास बैंकले २ अर्ब ५० करोड र वित्त कम्पनीले ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने बाध्यता छ ।
सन् २०११ मा रसायनशास्त्रको नोवेल पुस्कार विजेता प्रोफेसर डान सेक्चमेन इजरायली वैज्ञानिक तथा इन्जिनियर समेत हुन्। धुलखेलमा जारी १३ औं अन्तराष्ट्रिय क्वाजिक्रिस्टल सम्मेलन भाग लिन आएका उनीसँग नागरिकन्युजका कृष्ण ढुंगाना र अखिलेश त्रिपाठीले गरेको अन्तर्वार्ता:
लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा रहँदै आएका नारायणकाजी श्रेष्ठ मुलुकको समकालीन राजनीतिमा प्रष्ट वक्ता र इमान्दार व्यक्तिका रूपमा चिनिन्छन्। आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै अविश्वास प्रस्तावमार्फत प्रधान मन्त्रीबाट हटाए पनि श्रेष्ठ भने ओलीलाई स्वाभिमानी नेताका रूपमा लिन्छन्।
परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले एउटा गम्भीर मोडमा मुलुकको कूटनीति हाँक्ने जिम्मेवारी पाएका छन् । छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई देशको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने चिन्तन मुलुकमा यतिबेला सुरु भएको छ ।
दक्षिण र मध्य एसियाली मुलुकका लागि अमेरिकी सहायक मन्त्री निशा देसाई विसवालले नेपालसहित विश्वका ११ मुलुकको विदेश नीति हेर्छिन्। सन् २०१३ मा सहायक मन्त्री नियुक्त भएयता उनले नेपालका घटनाक्रमलाई निकटबाट नियालिरहेकी छन्। विसवालले भर्खरै सम्पन्न आफ्नो नेपाल भ्रमणका क्रममा नयाँ सरकार र भूकम्पपछिको पुनर्निर्माणका अतिरिक्त सम्पूर्ण राजनीतिक प्रक्रियाका विषयमा बुझ्न भ्याइन्।
हामीले यसलाई व्यापारमा डिएनए मोडेल भनेका हौं जसलाई डेढ दशकअघि सिर्जना गरिएको थियो । हाम्रा सबै ग्राहक यहीमार्फत अगाडि बढ्छन् । व्यापारिक घरानासँग कम्तीमा दुई वा तीनजना क्षमतावान हुने गर्छन्।
बेलायतको लन्डन सहरका लर्ड मेयरले काठमाडौं महानगरपालिकाका तत्कालीन नगरपिता पिएल सिंहलाई 'लर्ड मेयर' भनेर सम्बोधन गर्दा आफूलाई 'किङ अफ स्विपर' अर्थात् 'कुचीकारका राजा' भनी ब्यङ्ग्य गर्ने पिएल सिंहलाई अहिले चटारो छ। उनले त्यतिबेला भनेका थिए– आइ एम लोकल अथोरिटी विथआउट अथोरिटी (म स्थानीय सरकार विना अधिकारको सरकार)।
पूर्वराष्ट्रपति रामवरण यादव भर्खरै स्वास्थ्योपचारको एउटा सिलसिला पूरा गरी भारतको चण्डीगढबाट फर्केका छन्। संयोगले त्यो संस्था उनले अध्ययन गरेको इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च चण्डीगढ हो। यतिबेला उनी आफूमा देखिएको ट्युमर (एडिनोकार्सिनोमा अफ प्रोस्टेट) को उपचारका लागि उच्च प्रविधि भएको अमेरिकाको फोर्ड फाउन्डेसनद्वारा सञ्चालित अस्पताल जाने चाहना गरिरहेका छन्। त्यसका लागि सरकारले समेत आवश्यक तयारी गरिरहेको छ।
संविधान कार्यान्वयनका दृष्टिले संघीय संरचनाअनुसार गर्नुपर्ने तीन तहको निर्वाचन अहिले मुलुकको सबैभन्दा महत्वपूर्ण राजनीतिक विषय बनेको छ। सरकारले निर्वाचनलाई आफ्नो प्राथमिकता भनेर बताइरहेका बेला निर्वाचन आयोगले कस्तो तयारी गरिरहेको छ? नागरिकन्युजका कृष्ण ढुंगाना, प्रशान्त लामिछाने र महावीर पौडेलले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबसँग गरेको अन्तर्वार्ताः
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतको रूपमा छिमेकी राष्ट्र चीन पुगेर प्रधानमन्त्री ली खछ्याङलगायत शीर्ष नेतालाई भेटी उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा स्वदेश फर्केका छन्। नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चिनियाँ नेतालाई अवगत गराएका महरा देशको विकासका लागि चीनबाट नेपालले धेरै सिक्नु र प्रशस्तै सहयोग लिनुपर्ने ठान्छन्। चीन भ्रमणका कारण, उपलिब्ध र अबका योजनाबारे महराले नागरिकका गुणराज लुइँटेल र रुद्र खड्कासँग गरेको कुराकानी।
मुलुकमा संघीयताको मुद्दा स्थापित गराउन नेतृत्वदायी भूमिका खेलेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पछिल्लो समय संविधान संशोधनको मुद्दामा आन्दोलनरत छन्। संघीय गठबन्धनका संयोजकसमेत रहेका यादवले पुष्पकमल दाहाल नेतृत्वको सरकारले संविधान संशोधन गर्न नसके संविधान नै खारेजीमा पर्न सक्ने खतरा औल्याउँछन्। नागरिकका गुणराज लुइँटेल र प्रकाश तिमल्सिनाले यादवसँग समसामायिक राजनीतिबारे गरेको अन्तर्वार्ताको सम्पादित अंशः
घट्टेकुलो, अनामनगरको सानो कोठामा बसेका बेला भेटिए निवर्तमान उपप्रधान तथा सहकारी मन्त्री चित्रबहादुर केसी। हामीलाई सोफामा राखेर आफू ओछ्यानमै बस्दै राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले राज्य संयन्त्रमा कति धेरै बिचौलिया हाबी छन् भन्ने दृष्टान्त दिँदै भने- 'एउटा विधेयक संसद्मा दर्ता गराउन मात्रै मलाई ९ महिना लाग्यो, त्यो पनि निकै कष्ट झेलेर।' उनै केसीसँग सरकार अनुभव, सरकार गठन–विघटनसहित अन्य समसामयिक विषयमा नागरिकका गुणराज लुइँटेल र प्रकाश तिमल्सिनाले गरेका कुराकानीको सम्पादित अंश :
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले डा. गोविन्द केसीले उठाएका मागलाई आधार मानेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहितको विषयलाई छलफल गराउनुपर्ने भन्दै व्यवस्थापिका–संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।
म पनि प्रशासनमा काम गरेको मान्छे भएकाले भोक हडतालबाट सबै कुरा परिवर्तन गर्न सकिन्छ भन्ने मान्यताको पक्षमा छैन। तर, उहाँका पनि बाध्यता होलान्। नियमित र स्वाभाविक प्रक्रियाबाट आउनुपर्ने कुरासमेत त्यसविपरीत भइरहेका छन्। सुशासन पूरै कमजोर भएको छ। स्वाभाविक प्रक्रियाबाट काम नभएरै अनशन भएको होला।
सामाजिक र राजनीतिक दृष्टिले हेर्ने हो भने नेपाल विश्वका धेरै मुलुकभन्दा अगाडि पुगेको देखिन्छ। आर्थिक उन्नति र विकास किन भएन भनेर खोज्दा यसमा केही कारणहरु भेटिन्छन्। विश्वकै लोकतन्त्रमा सरकार फेरिनु सामान्य प्रक्रिया हो। यसले विकास र आर्थिक उन्नतिलाई असर नपार्ने स्थिर योजना नहुँदा हामी अप्ठ्यारोमा पर्दै गएका हौं।