डेटा र भ्वाइसकाे दर अझै घटाउनु पर्छ

स्थापनाकालमा मेरो मोबाइलको नामले चिनिने एनसेल करिब ६ वर्षअघि सन् २०१० मा रिब्रान्डिङ गरिएको निजी क्षेत्रको पहिलो मोबाइल सेवा प्रदायक कम्पनी हो । तत्कालीन समयको पूर्ण सरकारी स्वामित्वको दूरसञ्चार संस्थान हाल नेपाल टेलकम कम्पनी लिमिटेडको बजार एकाधिकार तोडेर उपभोक्तालाई सस्तो र गुणस्तरयुक्त मात्र होइन प्राविधिक रुपमा पनि प्रतिस्पर्धी मोबाइल सेवा प्रदान गरिरहेको एनसेल नेपालमा सबैभन्दा बढी कर तिर्ने कम्पनी पनि हो।