२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एनसेलको शेयर कारोबार छानबिन हुन्छ: नेपाल दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको शेयर खरिद मूल्य शङ्कास्पद रहेकाले यसमा छानबिन हुने स्पष्ट पारेका छन्।

बुधवार अर्थ  समितिको बैठकमा सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले  शेयर खरिद बिक्रीको अङ्क र प्रक्रिया शङ्कास्पद भएकाले यसमा छानबिन हुने बताएका हुन्।

सेयर खरिद बिक्रीका लागि आजियटा र यूके स्पेक्ट्रलाइटबीच सहमति भएको जवाफ आफूहरूले पाएको र यो सहमतिको कागजपत्र अध्ययनका लागि माग गरिएको उनले बताए।

प्राधिकरणको स्वीकृति लिएपछि मूल्य र प्रक्रियागत विषय हेरेर मात्रै स्वीकृत दिइने भनेर आफूहरूले एनसेललाई पत्र पठाइसकेको पनि खनालले स्पष्ट पारे।

प्रकाशित: २० मंसिर २०८० ०७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App