१० पुस २०८२ बिहीबार
image/svg+xml
कला/संस्कृति

‘पुन समाज नेपाल’ को नेतृत्वमा दोहाेरिए भिमबहादुर

पुन समुदायको उत्थानमा क्रियाशील संस्था ‘पुन समाज नेपाल’ को चौंथो महाधिवेशनले भिमबहादुर फगामी पुनको नेतृत्वमा २८ सदस्यीय कार्यसमिति चयन गरेको छ। उनी दोस्रो कार्यकालका लागि चयन भएका हुन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ५ शिखमा सम्पन्न अधिवेशनबाट समाजको वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गर्बुजा पुन (कास्की), उपाध्यक्ष/प्रवक्तामा खिमन शेरपुजा पुन (कास्की), उपाध्यक्षमा डिलकुमारी पहरे पुन (चितवन), उपाध्यक्ष राजु शेरपुजा पुन (काठमाडौ), महासचिवमा चन्द्रप्रकाश पाइजा पुन (कास्की), सचिवमा रवि गर्बुजा पुन (म्याग्दी) र कोषाध्यक्षमा बलबहादुर तिलिजा पुन (कास्की) चयन भएका छन्।

सदस्यहरूमा मनजित गर्बुजा पुन, ओमप्रसाद पुन, चन्द्रबहादुर तिलिजा पुन, चिनबहादुर खोरजा पुन, नन्दबहादुर गर्बुजा पुन, गीता पाइजा पुन, रकबहादुर पुर्जा, लालबहादुर पहरे पुन, बागबिर पाइजा पुन, चामबहादुर गर्बुजा पुन, डिलकुमारी तिलिजा पुन, नरबहादुर पुर्जा पुन, मनबहादुर गर्बुजा पुन, पदमबहादुर चोचाङ्गी पुन, खमबहादुर पुर्जा पुन, झगबहादुर पाइजा पुन, चिनमाया पुन, जितबहादुर पुर्जा पुन, मनमाया पाइजा पुन र खमबहादुर पुर्जा पुन चयन भएका छन्।

महाधिवेशनले सात बुँदे ‘म्याग्दी घोषणापत्र’ जारी गरेको छ। वर्ष दिनभित्र पुन जाति भएका सबै देशमा भातृ संगठन विस्तार गर्ने, सबै जिल्लामा जिल्ला समिति गठन गर्ने, आजीवन सदस्य संख्या पाँच हजार र साधारण सदस्यको संख्या ५० हजार पुर्‍याउने, पुन जातिको भौतिक, अभौतिक एवम् सांस्कृति सम्पदाको सूची तयार पारी संरक्षण गर्ने, पुन जातिको लोगो र  झण्डा अन्य संस्था र व्यक्तिलाई प्रयोग गर्न बन्देज गर्ने र पुन जातिको भाषा, लिपि अनुसन्धानका लागि विज्ञहरू नियुक्त गरी  अध्ययन शुरू गर्ने घोषणापत्रमा उल्लेख छ।

देशभरका पुन समाजका प्रतिनिधिको सहभागिता रहेको महाधिवेशन उद्घाटन लोकवार्ता तथा वरिष्ठ भाषाविज्ञ माधवप्रसाद पोखरेलले गरेका थिए। उद्घाटनअघि मौलिक वेशभूषामा सजिएका पुन समाजका प्रतिनिधिहरूले झाँकी प्रस्तुत गरेका थिए भने समाजका विभिन्न जिल्ला तथा शिखका कलाकारले पुर्ख्याैली नृत्य  प्रस्तुत गरेका थिए। 

प्रकाशित: ३ वैशाख २०८२ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App