११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

नुहाउनेहरूको कीर्तिमान

यस्तो पनि!

चेक गणतन्त्रमा हरेक वर्ष चिसो पानीमा नुहाउने पर्व मनाइन्छ। तर यस पटकको नुहाउने पर्वलाई त्यहाँका स्थानीयले कीर्तिमान बनाउने अवसरका रूपमा सिर्जना गरे। यसको आयोजन त्यहाँका प्रख्यात फ्रि डाइभर डेभिड भेन्सलले त्यहाँको मोस्ट लेक नामक तलाउमा आयोजन गरेका थिए।

गत मार्च १ तारिखका दिन चेक गणतन्त्रका दुई हजार चार सय ६१ जना सर्वसाधारणले देशकै दोस्रो ठूलो तालमा डुबुल्की लगाए।

पोलर बियर डीप भनेर चिनिने यो पर्वका दिन तालमा डुबुल्की लगाउनु त्यति सजिलो भने हुँदैन। यो बेला ५० डिग्री माइनस तापक्रम हुने गर्छ। सानोतिनो हिम्मतले यहाँ डुबुल्की लगाउन सकिँदैन।

त्यसो त मार्च १ मा चेक गणतन्त्र भरिका पोखरी र तलाउमा डुबुल्की लगाउने  परम्परा छ। सोही परम्परालाई कीर्तिमानी बनाउन यो कार्यक्रम आयोजन गरिएको थियो। सो आयोजनलाई गिनिज बुक अफ वर्ल्ड रेकड्रसले पनि मान्यता दिएको हो।

त्यसो त यस्ता कीर्तिमान यसअघि पनि आयोजन गरिएको थियो। पोल्यान्डमा यसअघि २०१५ मा १७ सय ९९ ले यस चिसो पानीमा डुबुल्की लगाएका थिए। 

प्रसिद्ध डाइभर भेन्सलले यसअघि सन् २०२१ मा लामो अवधिसम्म हिउँ जमेको तलाउमुनि पौडिएर कीर्तिमान कायम गरेका थिए।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ३ वैशाख २०८२ ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App