११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

पाँचखालका इँटा उद्योग बन्द गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालित इँटा उद्योग बन्द गर्न आदेश जारी गरेको छ।

अदालतले यी उद्योगले वातावरण र जनस्वास्थ्यमा गम्भीर असर पारेको ठहर गर्दै इँटाभट्टा बन्द गर्न निर्देशन दिएको हो। स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाएर २०७६ पुस १४ मा सर्वोच्चमा रिट दायर गरेका थिए।

हाल पाँचखालमा आठ इँटाभट्टा सञ्चालनमा छन्।

यसैबीच, पाँचखाल नगरपालिकाले वातावरण नीति बनाउँदै इँटाभट्टालगायत उद्योगलाई सुधारात्मक तरिकाले सञ्चालन गर्ने नीति अंगीकार गरेको मंगलबार विज्ञप्तिमार्फत जनाएको छ। रासस

प्रकाशित: ३ वैशाख २०८२ ०८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App