११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

देशभर स्थानीय वायुको प्रभाव कायम, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भागमा आंशिकदेखि साधारण बदली र बाँकी भागमा मौसम सफा रहनेछ।

दिउँसो कोशी प्रदेशसहित पहाडी भूभागका केही स्थान र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। उच्च पहाडी र हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

राति कोशी प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि साधारण बदली र बाँकी भूभागमा मौसम सफा रहनेछ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्छ। उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। रासस

प्रकाशित: ३ वैशाख २०८२ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App