गैरआवासीय नेपाली नागरिकता माग गर्दै एनआरएन युरोप क्षेत्रीय बैठक सम्पन्न
गैरआवासीय नेपालीलाई नागरिकता प्राप्तिका लागि कानुन निर्माण गर्न माग गर्दै गैरआवासीय नेपाली संघ १० औं युरोप क्षेत्रीय बैठक तथा महिला सम्मेलन आइतबार फ्र्यांकफर्टमा सम्पन्न भएको छ। अगस्ट २९ र ३० दुई दिनसम्म चलेको बैठकले यथाशीघ्र ऐन बनाइ गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने मार्गप्रशस्त गर्न माग गरिएको छ।

