जलवायु संकटले अर्को महामारीको खतरा
अध्ययनअनुसार हाल जलवायु परिवर्तनजन्य रोगको प्रसारण सुरु भइसकेको छ र यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापमान वृद्धिलाई २ डिग्रीमा सीमित राखे पनि यसले भाइरसको प्रसारणमा कमी नआउने देखिएको छ।
अध्ययनअनुसार हाल जलवायु परिवर्तनजन्य रोगको प्रसारण सुरु भइसकेको छ र यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापमान वृद्धिलाई २ डिग्रीमा सीमित राखे पनि यसले भाइरसको प्रसारणमा कमी नआउने देखिएको छ।
अध्ययनमा युरोपियन युनियनसहित विश्वका ३६ प्रमुख राष्ट्र समेटिएकोमा तापमान वृद्धिलाई एक दशमलव पाँच प्रतिशतमा मात्र सीमित पार्ने दिशामा गाम्बियाले मात्र काम गरेको पाइएको छ। कार्बन उत्सर्जनमा यी राष्ट्रको योगदान ८० प्रतिशतभन्दा बढी छ।
नारीलाई देवी शक्ति, मातृ शक्ति र सृष्टि जननीको उच्च कोटिका रूपमा लिने गरिन्छ। परापूर्व कालमा नारीलाई देवताको उपनामबाट चिनाई पूजा आराधन गर्ने गरेका प्रशस्त उदाहरण छन्।
नेपालमा विभिन्न जातजातिको बसोवास छ । अनेकता र विविधतामा एकताको सन्देश बोकी सबै बसोवास गरेका छन् । आ–आफ्ना जातजातिले आ–आफ्नै किसिमको चाडपर्व मनाउँछन् । उनीहरूको आ–आफ्नै भाषा छ । त्यसमध्य सबै नेपाली चेलिबेटीहरूले महान् पर्वका रूपमा मनाउने चाड हो, हरितालिका तीज।
प्रहरीले त्रिभुवन विश्वबिद्यालय इन्स्टिच्युट अफ ईन्जिनियरिङमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई ठगेको आरोपमा कलेजका एकजना पुराना बिद्यार्थीलाई पक्रेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले पुल्चोक ईन्जिनियरिङ कलेजमा भर्ना हुन आएका बिद्यार्थीलाई प्रवेश परिक्षामा पास गराईदिने भन्दै ठगेको आरोपमा मोरङ रंगेलीका देव शर्मालाई पक्रेको हो।
नेपालमा पूर्ण धार्मिक सहिष्णुता रहेको पछिल्लो उदाहरण ललितपुरको महानगरपालिकाको प्रथम नगरसभामा देखिएको छ। महानगरको प्रथम ऐतिहासिक नगरसभाको उद्घाटन मुस्लिम समुदायका श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले हिन्दु धार्मिक बृक्ष रुद्राक्षको बोट रोपेर गरेका छन।
स्पेनको पर्यटकीय शहर बार्सिलोनामा गुड्ने पर्यटकीय बसमा नेपाल भ्रमणको निम्तो दिँदै चार ठूला बस चार फरक रुटमा गुड्न थालेका छन् । यस सिजनमा आउने करिब १० लाख पर्यटकले नेपाल भ्रमणको निम्तो पाउने गरी चार मुख्य क्षेत्रमा गुड्ने बसहरूमा नेपाल भ्रमणको निम्तो सहितका पोस्टर टाँसिएका बस गुडिरहेका हुन् । स्पेनमा रहेका नेपालीहरूको समूहले बार्सिलोनका प्रमुख पर्यटकिय रुटमा गुड्ने लोकल बसहरूमा भिजिट नेपाल लेखिएका पोस्टरहरू जुलाई १० देखि टाँसेका हुन्।
शान्ति सेना पठाउने छैठौँ ठूलो देशको हैसियत बनाएको नेपालले संयुक्त राष्ट्र संघ शान्ति सेनामा नेपाली सेनालाई महत्वपूर्ण जिम्मेवारीका लागि पहल थालेको छ । शान्ति सेनामा एकपटक महासचिवको सैन्य सल्लाहकारको जिम्मेवारी पाएको नेपालले त्यसपछि विभिन्न मिसनको फोर्स कमाण्डरको जिम्मेवारी निभाउदै आएको छ । संयुक्त राष्ट्र संघका तत्कालिन महासचिव कोफी अन्नानको सैन्य सल्लाहकारमा रथी चित्रबहादुर गुरुङ नियुक्त भएका थिए ।
सामाजिक सञ्जालको सामुहिक च्याट रुपबाट काभ्रेकी कोपिला गिरी र ओखलढुङगाकी सलिना राई सुनवारको चिनजान भएको थियो। फेसबुकको यो चिनजान धेरै दिन समधुर हुन सकेन। सातदोबाटो बस्ने गिरी र शान्तिनगर बस्ने राईबीच बादविवाद हुनथाल्यो। फेसबुक च्याट र मोबाईलमा एकले अर्कालाई धम्काउन थाले।