१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
हाेमप्रसाद लम्साल, टेक्सास


हाेमप्रसाद लम्साल, टेक्सासका लेखहरु :

अमेरिकी सिनेटर एरिकसनको भ्रमण गर्ने पहिलो सूचीमा नेपाल

अमेरिकी सिनेटर डोग एरिकसनले नेपाल सरकारसंग मिलेर काम गर्न चाहेको बताएका छन। वासिंटन स्टेटका सिनेटर एरिकसनले विकासोन्मुख मुलुकमध्ये नेपाल आफ्नो भ्रमण तालिकाको पहिलो नम्बरमामा रहेको बताए। उनले चाँडै नेपाल सरकारसंग सहकार्य गर्दै काम गर्ने चाहाना समेत प्रकट गरे। कन्सुलर अफिस सियाटलद्धारा आयोजित कार्यक्रममा सिनेटर एरिकसनले यही आगामी साता कन्ुसलर एसी शेर्पासंग भेट गरी नेपाल भ्रमणको मिति तय गर्ने बताएका हुन्।

एनआरएन अमेरिकाको चुनाव मे १८ र १९ मा हुने

निर्वाचन आयोगका संयोजक विश्व बरालका अनुसार अप्रिल १४ मा सुरु  मनोनयन प्रक्रिया १८ तारिखसम्म चल्नेछ।

अमेरिकी सरकारविरुद्ध नेपालीद्वारा मुद्दा दायर, ह्वाइट हाउस अगाडि प्रदर्शन

नेपालले पाएको टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टिपीएस) कायम राख्न माग गर्दै तीनजना नेपालीहरुले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेका छन्। नर्दन क्यालिफोर्नियाको अदालतमा अमेरिकी सरकारविरुद्ध केशव भट्टराई, सुम्निमा थापा र सज्जन पाण्डेले संयुक्त रुपमा विपक्षी बनाई मुद्दा दायर गरेका हुन्।

अमेरिकी चुनावमा नेपाली उम्मेदवारी

राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई बर्षे कायकालको समीक्षा गर्ने  अमेरिकी मध्यवधि निर्वाचन अाज नेपाली समय अनुसार साँझबाट सुरू हुँदैछ। त्ति र गधा निर्वाचन चिन्ह अर्थात (डेमोक्रयाट गधा र रिपव्लिकन हात्ति) बीचको चुनावी प्रतिस्पर्धामा नेपाली मूलका  व्यक्तिले पनि उम्मेदवारी दिएका छन्।

इरमा आँधीका कारण फ्लोरिडाका ७ सय नेपालीले घर छोडे, ६० लाख प्रभावित

सामुन्द्रिक आँधीबाट टेक्सासको जनजीवन सामान्य हुन नपाउँदै अर्को राज्य फ्लोरिडामा ‘इरमा’ का कारण ६० लाख मानिसलाई घर छोडेका छन्। उत्तरी क्यूबालाई क्षति पु‍र्याउँदै अमेरिकाको फ्लोरिडा राज्यतर्फ डरलाग्दो रूपले बाटो लिएको यो आँधीका कारण त्यहाँ बसोबास गर्दै आएका करिब सात सय नेपालीहरु आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्।

नेपालको विद्युत र सडकलाई अमेरिकाको ५० अर्ब सहयोग

अमेरिकाले नेपाललाई ५० अर्ब रुपैयाँ (५०० मिलियन डलर) अनुदान सहयोग गर्ने भएको छ। अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कोपअरेसन (एमसीसी) बाट सो रकम नेपालले विद्युत र सडक विस्तार लागि पाउने भएको हो। अमेरिकाले गरिब मुलुकहरुलाई सहयोग गर्न स्थापना गरेको एमसीसीको बोर्ड अफ डाइरेक्टरको अगटस्ट महिनामा बसेको बैठकले सो रकम प्रस्ताव स्वीकृत गरेको थियो। अमेरिकी संसदले सहयोग रकम अनुमोदन गरेपछि दुवै देशका सरकारबीच यही सेप्टेम्बर महिनामा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ।

टेक्सासमा गुन्जियो सुदुरपश्चिमको देउडा

नेपालको सुदुरपश्चिम क्षेत्रबाट अमेरिकाको टेक्सास आई बसोबास गर्ने नेपाली समुदायले टेक्सासको नेपाली मन्दिरमा गौरा पर्व र देउडा नाच भव्यतापुर्व सम्पन्न गरेका छन्। गौरा पर्व र देउडा नाच सुदुरपश्चिम समाज टेक्सासको आयोजनामा सुदुरपश्चिमवासीले निकै महत्वका साथ मनाउने गर्दछन्।

अमेरिकाबाट बाढीपीडितका लागि ५० लाख सहयोग

नेपालको तराई क्षेत्रमा गएको बाढीपीडितका लागि गैरआवसीय नेपाली संघले आजदेखि सप्तरीमा राहात वितरण र स्वास्थ्य चौकी संचालनमा ल्याएको छ। जसका लागि आजै अमेरिकाज् क्षेत्रबाट क्षेत्रिय उपसंयोजक एसी शेर्पासहितको टोली नेपाल पुगी सप्तरीमा एनआरएनको सामुहिक कार्यक्रममा सहभागी भएकाे छ। अमेरिकाज् क्षेत्र अन्र्तगत अमेरिका र क्यानडामा गरी उठेको रकम करिब ५० हजार डलर (करिब ५० लाख रूपैयाँ) रहेको उपसंयोजक शेर्पाले बताए।

नेविसंघका नेताहरु बाढीपीडितका लागि अमेरिकामा सहयोग जुटाउँदै

नेपाल विधार्थी संघका अध्यक्ष नैनसिंह महर र महामन्त्री सरोज कुमार थापा नेपालका बाढीपीडितका लागि सहयोग जुटाउने अभियानमा जुटेका छन्। संयूक्त राष्ट्र संघको सष्टेनेवल डेभलपमेन्ट गोल अन्र्तगत समर युथ एसेम्भलीमा सहभागी हुन आउने क्रममा नेपालमा बढी पीडितका लागि सहयोग गर्न प्रस्ताव गरेको अध्यक्ष नैनसिह महरले बताए।

एनआरएन अमेरिकामा विवाद चर्कियो

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका निर्वाचन समितिले मनोनयन दर्ता गर्ने उम्मेदवारहरुको नाम सार्वजनिक गरेलगत्तै विवाद सतहमा आएको छ। प्रकासित नामावलीमा चार अध्यक्षसहित एक सय ६७ जनाको नाम सार्वजनिक छ। निर्वाचन समितिले अध्यक्षका प्रत्यसी गौरी जोशीको नाम प्रकासित नगरेपछि उनको समुहले न्यायिक समितिमा उजूरी गरेको  छ।

अमेरिकामा वीपी स्मृति दिवश

नेपाली जनसम्पर्क समिति डालस फोर्डवोर्थ चाप्टर र वेस्ट टेक्सास च्याप्टर तथा ब्लड डोनर्स अमेरिकाको सहभागितामा हिजो जुलाई १६ मा वीपी कोइरालाको स्मृति दिवसका अवसरमा रक्तदान सम्पन्न भएको छ। टेक्सासस्थित नेपाली मन्दिरमा आयोजना गरिएको सो रक्तदानमा ७० जनाले रक्तदान गरेको जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य हरिबोल भण्डारीले बताए।

नेपालका पत्रकारका लागि अमेरिकामा आठ हजार डलर संकलन

नेपालमा कार्यरत पत्रकारहरुका लागि आवश्यक पर्दा सहयोग गर्न स्थापित नेपाल अमेरिका पत्रकार संघ नेजाद्वारा स्थापित कोषका लागि हिजो सम्पन्न नेजा नाईटमा आठ हजार अमेरिकी डलर संकलन भएको छ।

‘गैरअावासीय नेपालीले बसोबास गरेकै देशबाट मताधिकार पाउनुपर्छ’

गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले संस्थाको नेतृत्व चयनका लागि बसोबास गर्ने देशबाटै मतदान व्यवस्था मिलाइनु पर्ने बताएका छन्।

डार्फरमा अपहरित दुई नेपालीको पहिचान, छुटाउन राष्ट्रसंघको पहल

सुडानको डार्फरमा बन्दुकधारीहरुद्धारा अपहरित दुई नेपालीलाई छुटाउन संयुक्त राष्टसंघको कार्यलयबाट पहल भइरहेको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिलासम्बन्धी नियोग (युएनएचिसआर) को सुडान कार्यलयमा कार्यरत उनीहरुलाई विभिन्न माध्यमबाट वार्ता र पहल भइरहेको राष्ट्रसंघीय कार्यालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति चुनाव र लोकतान्त्रिक अभ्यास

नेपाली समय अनुसार आगामी मंगलबार राति विश्व शक्तिसम्पन्न राष्ट्र अमेरिकाको राष्ट्रपति चुन्ने चुनाव हुँदै छ, जुन चुनावबाट अमेरिकी जनताले ५८ औं राष्ट्रपति छान्ने छन्। यस चुनावी प्रक्रियामा ३५ हजारभन्दा बढी नेपाली अमेरिकन पनि सहभागी हुनेछन्। अमेरिकामा रहेका नेपालीले पनि यो चुनावलाई निकै उत्सुकताका साथ हेरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्