पीडितलाई राहत पीडकलाई आहत
नेपालमा सहकारी समस्या चुलिएको छ। यो समस्या सिंगो सहकारी क्षेत्रको नभई सीमित बचत तथा ऋण (वित्तीय) सहकारी संस्थाको हो।

नेपालमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने केही सहकारीका सञ्चालकहरूले सहकारी कानुनलाई पूर्णरूपमा उल्लंघन गरेर सहकारीमा जम्मा भएको रकम ठूलो मात्रामा अपचलन गरेको र त्यसलाई नियामक निकायले प्रभावकारीरूपमा नियमन गर्न नसकेकाले लाखौँ बचतकर्ता बिचल्लीमा परेका छन्।
मुलुक अहिले सहकारीमय भएको छ। केही लोभी–पापीहरूले सहकारीको मूल्य, मान्यता तथा सिद्धान्त विपरित कार्य गरेका र सरकारले तिनीहरूको नियमन गर्न नसकेकाले लाखौँ बचतकर्ता सहकारी पीडित भएका छन् र सहकारी समस्या राष्ट्रियरूपमै विकरालरूपमा देखापरेको छ।
देशबाहिर निकासी गरिने वस्तु तथा सेवालाई करको भारबाट पूर्णरूपमा मुक्त गर्नका लागि निकासीमा कर शून्य दरले लगाइन्छ जसले गर्दा स्वदेशी वस्तु तथा सेवाहरू विदेशी बजारमा प्रतिस्पर्धी भई मुलुकको निकासी प्रर्वधन हुने स्थिति उत्पन्न हुन्छ।
पर्याप्त विद्युत् उत्पादन गर्न सके भारतका उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल र बिहार जस्ता नेपालसँग सीमा जोडिएका राज्यलागयत भारत तथा बंगलादेशको विद्युत्को केही माग पूर्ति गर्न सकिनेछ र त्यसबाट ठूलो मात्रामा विदेशी मुद्रा आर्जन हुनेछ।
