१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

सिद्धान्तको कसीमा मूअकको एकल दर

करिब अढाइ सय वर्ष अगाडि प्रसिद्ध अर्थशास्त्री अडाम स्मिथले कर नीतिका सर्वमान्य सिद्धान्तका रूपमा समानता, सरलता/सहजता, मितव्ययिता र निश्चिततालाई अगाडि सारेका थिए जुन अहिले पनि त्यत्तिकै सान्दर्भिक छन्। पछिल्लो समयमा करका अन्य सिद्धान्तमा पारदर्शिता, तटस्थता, लचकता तथा राजस्व उत्पादकतालाई पनि समावेश गरिएको छ। यी सिद्धान्तअनुसार कर कति, कहिले, कहाँ र कसरी तिर्ने भन्नेसम्बन्धी सरल, स्पष्ट र पारदर्शी व्यवस्था हुनुपर्छ। कर सही समयमा सही किसिमले तिर्न सकिने हुनुपर्छ र यसले उत्पादक, वितरक, बित्र्रmेता तथा उपभोक्ताको आर्थिक निर्णयलाई प्रभावित गर्नु हँुदैन। करको आर्थिक, अनुपालन र संकलन लागत न्यून हुनुपर्छ र यसबाट राज्य सञ्चालन गर्न, आर्थिक विकासका लागि आवश्यक आर्थिक तथा सामाजिक आधारशीला निर्माण गर्न र सामाजिक सुरक्षासम्बन्धी व्यवस्था गर्न पर्याप्त राजस्व परिचालन हुनुपर्छ।  

मूल्यअभिवृद्धि करको दर  

२०५४ मंसिर १ गते नेपालमा मूल्यअभिवृद्धि कर १० प्रतिशतको एकल दरले लागु गरिएको थियो भने २०६१ सालमा यस दरलाई बढाएर १३ प्रतिशत गरिएको थियो। यो दर विश्वमा मूल्य अभिवृद्धि कर लगाउने झण्डै १८० देश मध्ये क्यानडा, ओमान, ताइवान र संयुक्त अरब इमिरेट्समा लागु गरिएको ५ प्रतिशतदेखि हंगेरीमा लागु गरिएको २७ प्रतिशतसम्मका दरको तुलनामा मध्यम स्तरको हो। यो दर न्युजिल्यान्ड, अस्ट्रेलिया, सिंगापुर, थाइल्यान्ड, दक्षिण कोरिया, कजाखस्तान, फिलिपिन्स, इथिओपिया, साउदी अरेयिबा, इजरायल र जर्जियालगायतका अधिकांश मुलुकले लगाएको मूल्यअभिवृद्धि करको एकल दरअनुरूप छ।  

मूल्यअभिवृद्धि करको दरको समीक्षा

कर नीतिका सर्वमान्य सिद्धान्तको कसीमा हाम्रो मूल्य अभिवृद्धि करको मध्यम स्तरको एकल दरलाई जाँच्दा यो अब्बल छ। करको दर कम÷वेसी जे भए पनि एकल दरको करसम्बन्धी अनुपालन तथा संकलनलागत उति नै हुन्छ। कर संकलन लागत प्रभावी बनाउन र मुलुकलाई आवश्यक राजस्व परिचालन गर्न अर्थशास्त्रीहरू १० प्रतिशतभन्दा कम दर लगाउन उपयुक्त नहुने सुझाव दिन्छन्। अर्कोतर्फ मूल्य अभिवृद्धि करको दर निकै उच्च भए त्यसबाट आर्थिक लागत बढ्ने र उपभोक्तामाथि मार पर्ने हुन्छ। त्यसैले मूल्यअभिवृद्धि करको दर १५ प्रतिशतभन्दा बढी भएपछि सामान्य जीवनयापन गर्न आवश्यक वस्तु तथा सेवामा न्यूनतहको अर्को दर लागु गर्नुपर्ने दबाब सिर्जना हुन्छ। बहुदर लगाइएमा मूल्यअभिवृद्धि कर आर्थिक हिसाबले अक्षम र प्रशासनिक हिसाबले जटिल हुनका साथै त्यसले अर्थतन्त्रमा अनेक विकृति तथा विसंगति सिर्जना गर्छ। यसैले मूल्यअभिवृद्धि करको १० देखि १५ प्रतिशतको एकल दर कायम गर्नु राम्रो मानिन्छ र त्यस मान्यताअनुसार नेपालको १३ प्रतिशतको मध्यम स्तरको दर उपयुक्त छ।  

सरलता, सहजता, पारदर्शिता र मितव्ययिता

मूल्यअभिवृद्धि करको एकल दर कर नीतिका सरलता, सहजता, पारदर्शिता र मितव्ययितासम्बन्धी सिद्धान्तसँग मेल खान्छ। एकल दरले मूल्यअभिवृद्धि करव्यवस्थालाई पारदर्शी बनाएको छ। कारण करको एउटै दर भएकाले कर कति लाग्छ भनेर करदाता, कर प्रशासक, उपभोक्तालगायत सबै सरोकारवालालाई सहजरूपमा थाहा हुन्छ। त्यति मात्र नभै एकल दरका कारण करदातालाई बिल जारी गर्न, लेखा राख्न, कर कट्टीको हिसाब गर्न, मूल्यअभिवृद्धि करविवरण तयार गर्न र कर तिर्न सहजभएको छ। यसले करदाताको अनुपालन लागत तथा कर प्रशासनको कर संकलन खर्च न्यून रहेको छ।  

मूल्यअभिवृद्धि कर बहुदरले लगाए कुन वस्तुमा कुन दर हुने भन्ने समस्या सिर्जना हुने, करदाताका विजक जारी गर्ने, लेखा राख्ने र विवरण पेस गर्ने व्यवस्था जटिल हुने भएकाले खासगरी लाखौँ साना करदातालाई मूल्य अभिवृद्धि करसम्बन्धी औपचारिकता निभाउन निकै कठिन हुने, त्यसले करदाताको कर अनुपालन र कर प्रशासनको कर संकलन खर्च बढ्ने, व्यापारीले वढी दर लाग्ने वस्तुमा कम दर लगाई राजस्व चुहावट गर्न सक्ने, कर प्रशासन र करदाताबीच कचमचहुने र कर प्रणाली अपारदर्शी हुनेछ।

तटस्थता

मूल्यअभिवृद्धि करको एकल दर कर नीतिको तटस्थतासम्बन्धी सिद्धान्तअनुसार पनि राम्रो मानिन्छ। यस सिद्धान्तअनुसार कुन वस्तु तथा सेवाको उत्पादन, बिक्रीवितरण गर्ने भनेर उत्पादक तथा वितरकले गर्ने निर्णय र कुन वस्तु तथा सेवा उपभोग गर्ने भन्ने उपभोक्ताको निर्णय आर्थिक आधारमा हुनुपर्छ र त्यस्तो निर्णयलाई करले प्रभावित गर्नुहुँदैन।

हाम्रो मूल्यअभिवृद्धि करको दर सबै वस्तु तथा सेवामा एउटै भएकाले हाल यसको कारणले एउटा वस्तुको सट्टा अर्को वस्तु उत्पादन तथा बिक्रीवितरण गर्ने वा उपभोग गर्ने भन्ने अवस्था रहेको छैन। यसको अर्थ करको दरको कारणले व्यापारी तथा उपभोक्ताको आर्थिक निर्णय प्रभावित भएकोे छैन जसलाई आर्थिक सक्षमताका हिसाबले राम्रो मानिन्छ। मूल्यअभिवृद्धि कर बहुदरले लगाइयो भने आर्थिक कारणले नभै मूल्यअभिवृद्धि करको दर विभिन्न वस्तु तथा सेवामा फरक भएकाकारणले उद्योगी, व्यापारी तथा व्यवसायीलाई करको बढी दरलाग्ने वस्तुको सट्टा कम दर लाग्ने वस्तुको कारोबार गर्न वाउपभोक्ता बढी दरलाग्ने वस्तुको सटट कम दर लाग्ने वस्तु उपभोग गर्न उत्प्रेरित हुनसक्ने हुँदामूल्यअभिवृद्धि करआर्थिक हिसावले अक्षम हुनेछ।  

निश्चितता

मूल्यअभिवृद्धि करको एकल दर भएको र त्यसलाई लामो समयसम्म स्थिर राखिएकाले यस करमा निश्चितता आएको छ। करको दर निश्चितर अनुमान गर्न सकिने भएमा लगानीकर्तालाई आफ्नो लगानीसम्बन्धी योजना बनाउन सहज हुन्छ र त्यस्तो अवस्थामा लगानीआकर्षित हुने भएकाले त्यस किसिमको व्यवस्था लगानी तथा व्यवसायमैत्री मानिन्छ। अर्कोतर्फ करका दरको संख्या धेरै भएमा र त्यसमा बराबर परिवर्तन गर्दा त्यसले कर प्रणालीमा अस्थिरता सिर्जना गर्छ जुन लगानी प्रोत्साहन गर्न र आर्थिक गतिविधि बढाउन प्रत्युत्पादक हुन सक्छ।  

लचकता तथा राजस्व उत्पादकता

मूल्य अभिवृद्धि करको एकल दरले गर्दा यो कर विभिन्न वस्तु तथा सेवामा समानरूपले लागु भएको र आर्थिक गतिविधिमा भएको परिवर्तन राजस्वमा समान किसिमले प्रतिविम्बित हुने भएकोले यो कर राजस्वको मूल स्रोतकारूपमा स्थापित भै निरन्तररूपमा कुल कर राजस्वको एक तिहाइ जति हिस्सा प्रदान गर्दै आएको छ जुन राज्य सञ्चालन गर्र्न, आर्थिक उन्नतिसम्बन्धी कार्यक्रम सञ्चालन गरी गरिबी निवारण गर्न र सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न सहायक छ। मूल्यअभिवृद्धि कर बहुदरले लगाएमा व्यापारीले बढी दर लाग्ने वस्तु तथा सेवामा कम दर लगाएर राजस्व चुहावट गर्न सक्छन्। यसैगरी कुनै वस्तुमा न्यून दर लागु गरे अन्य वस्तुमा लागेको १३ प्रतिशतको दरलाई बढाएर भारतलगायत अन्य बहुदर लगाउने मुलुकमाझैँ १८ प्रतिशतवा सो भन्दा बढी दर लगाउनआवश्यक हुन सक्छ जसबाट उपभोक्तामारमा पर्ने र आर्थिक विकासमा प्रतिकूल असर पर्ने हुन्छ। यसैले मूल्यअभिवृद्धि करको १३ प्रतिशतको मध्यम स्तरको दरलाई चलाउनुहँुदैन।  

समानता

समानतालाई ठाडो र समतल समानताका हिसाबले हेरिन्छ। ठाडो समानताले बढी क्षमताहुनेले बढी र कमक्षमताहुनेले कम कर तिर्नुपर्दछ भने समतल समानताले उस्तै क्षमताहुने सबैले कर पनि उत्ति नै तिर्नुपर्छ। मूल्यअभिवृद्धि करमा करको बहुदर वा छूटको माध्यमले करलाई समानबनाउने नीतिप्रभावकारी नहुने हुँदा यो कर सबै वस्तु तथा सेवामा समान दरले लगाएर बढी राजस्व परिचालन गरेर सो रकमबाट सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेर सामाजिकन्यायकायमगर्नुपर्दछ भन्ने मान्यता बढ्दो छ।  

वित्तीयउत्तरदायित्व र सुशासन

मूल्यअभिवृद्धि करको एकल दर कर नीतिका सर्वमान्य सिद्धान्तअनुरूप भएको मात्र नभै यो वित्तीय उत्तरदायित्व र सुशासनकायम गर्न सहायक छ। मूल्यअभिवृद्धि करको एकल दर भएकाले अन्तःशुल्क र भन्सार महसुलमा जस्तो प्रभावशाली व्यक्ति तथा बिचौलियाको दबाब तथा प्रलोभनका कारणले सीमितव्यक्तिलाई मात्रफाइदा पु¥याउने किसिमले करको दर चलाउन सक्ने संभावना रहेको छैन जसको महत्वमाथि प्रकाशपारिरहन आवश्यक छैन।  

निष्कर्ष

मूल्यअभिवृद्धि करको वर्तमानमध्यम स्तरको एकल दरबाट हालसम्मसंगालिएको सकारात्मकअनुभवले यसलाई आगामीदिनहरूमापनिनिरन्तरतादिनुपर्ने स्पष्ट संकेत दिन्छ। मुलुकको चौतर्फी विकासकालागिआवश्यक राजस्व परिचालनगर्नेदिगो स्रोतकारूपमा स्थापितमूल्यअभिवृद्धि कर नेपालको राजस्वको सबभन्दा ठूलो स्रोत हो र एकलदरले यसमा स्थिरता र निश्चितताकायम गरेको छ जुनअसल कर प्रणालीको एउटा महत्वपूर्ण तत्वहो। बहुदरबाटमुलुकको राजस्वको मूलस्रोतमै अस्थिरताआई नेपलाको वित्तीय स्थितिखलबलिन सक्ने संभावनालाई विचार गरेर मूल्यअभिवृद्धि करको एकल दरबाट प्राप्त सकारात्मकअनुभवकाआधारमाअन्तःशुल्कलाग्ने वस्तु र भन्सार महसुलतथाआयकरका दरको संख्यामाव्यापक कटौती गरेर ती करका दरहरूमाबर्सेनि परिवर्तन गर्ने अवस्था नरहने राम्रो नीतिगतवातावरण तयार गर्नुपर्छ। त्यसबाट कर प्रणालीमा स्थिरता तथा निश्चितता आउनेछ जसबाट लगानीकर्तालाई आफ्नो लगानीसम्बन्धी योजनागर्न सहजभै उद्योग व्यापार सुचारुरूपले सञ्चालन गर्न सहयोग पुग्नेछ र त्यसले अन्ततोगत्वामुलुकको आर्थिक विकासमा सकारात्मक असर पार्दैजानेछ। 

प्रकाशित: १५ भाद्र २०७९ ००:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App